उत्तर कोरियाद्वारा पनडुब्बी क्षेप्यास्त्र परीक्षण
सोल: दक्षिण कोरियाली रक्षा मन्त्रालयले उत्तर कोरियाले शनिबार पनडुब्बीबाट प्रहार गर्नसक्ने ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बताएको छ। उत्तर कोरियाले जापान सागरमा क्षेप्यास्त्र परीक्षण गरेको उसको दाबी छ।
उत्तर कोरियाले पनि उक्त परीक्षणको पुष्टि गरेको छ। उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले उक्त क्षेप्यास्त्रको परीक्षण गरेको उत्तरको आधिकारिक समाचार समिति कोसिएनएले जनाएको छ।
पानी मुन्तिर निकै लामो दूरीसम्म अत्यन्त तीव्रगतिका साथ जाने, आकाशमा पनि तेज गतिमा ठाडो सीधा गई लक्ष्यमा प्रहार गर्नसक्ने अत्यन्त शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरिएको सर्वोच्च नेता किमले बताएको कोसिएनएले उद्धृत गरेको छ।
मुलुकको जलसेनाको सामरिक शक्तिमा प्रचुर विकास गर्न र परिआएमा दक्षिण कोरियाको अत्याधुनिक वा अमेरिका समर्थित शक्तिहरूविरुद्ध आणविक युद्धका लागि चुनौति दिन समेत क्षेप्यास्त्र सक्षम रहेको किमले दाबी गरेका छन्। उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गर्न सकिने क्षेप्यास्त्र परीक्षण गरिरहेको छ।
यसमा सफलता मिलेमा उत्तर कोरियाको आणविक क्षमता वृद्धि हुने छ । यसबाट दक्षिण कोरिया र उसका समर्थकमाथि आफ्नो प्रभाव बढ्ने उत्तरको अपेक्षा छ।
यसै परीक्षणलाई लिएर संयुक्त राज्य अमेरिकाले उत्तर कोरियालाई चेतावनी दिएको छ। दक्षिण कोरियाली रक्षा मन्त्रालयका प्रवक्ताले उत्तरले स्थानीय समयअनुसार बिहान ६:३० बजे परीक्षण गरेको पुष्टि गरे। जापान सागरको सिनपो बन्दरगाह नजिकै एउटा क्षेप्यास्त्र परीक्षण गरिएको थियो।
उत्तर कोरियाली सेनाको गतिविधिबारे दक्षिणले निगरानी गरिरहेको पनि उनले खुलासा गरे। दक्षिण कोरियाले भने उक्त परीक्षणको सफलता यकिन भएको यकिन नभएको बताएको छ। प्रवक्ताका अनुसार क्षेप्यास्त्र ३० किलोमिटरसम्म गएको थाहा भएको र त्यसपछिको अवस्था थाहा भएन । यसैलाई आधार मान्दा परीक्षण सफल नभएको हुनसक्ने उनले बताए।
अमेरिकाले भने उत्तर कोरियाले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावको उल्लंघन गरेको आरोप लगाएको छ। उत्तर कोरियाका यस्ता गतिविधिमाथि आफूले गम्भीर चासो दिएको अमेरिकाको भनाइ छ। अमेरिकी विदेश विभागका प्रवक्ता जोन किर्बीले भने, 'हामी उत्तर कोरियाका गतिविधिलाई निगरानी गरिरहेका छौं।
कोरियाली प्रायद्वीपमा हुने यस्ता घटनाप्रति हामी सजग छौं।' उत्तर कोरियालाई यस्ता कार्य नगर्न उनले चेतावनी पनि दिए। क्षेत्रीय अस्थिरता उत्पन्न हुने काम प्योङयाङले गर्न नहुने उनको भनाइ छ।
उत्तर कोरियाद्वारा पनडुब्बी क्षेप्यास्त्र परीक्षण
Reviewed by marumala srinu
on
9:09 PM
Rating:
Reviewed by marumala srinu
on
9:09 PM
Rating:

No comments: