उत्तर कोरियाको प्रस्ताव ओबामाले खारेज गरे
वैशाख १३ – अमेरिकी राष्ट्रपति बाराक ओबामाले परमाणु परीक्षण रोक्नका लागि उत्तर कोरियाले गरेको प्रस्ताव अस्वीकार गर्नुभएको छ । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाबिच वार्षिक रुपमा हुने गरेको सैन्य अभ्यास रोके आफूले परमाणु परीक्षण रोक्ने प्रस्ताव गरेको थियो ।
तर अमेरिकी राष्ट्रपति ओबामाले उत्तर कोरियाको प्रस्ताव खारेज गर्नुभएको हो । ओबामाले यस्तो प्रस्तावमा गम्भीर रुपले नलिने बताउनुभयो । उत्तर कोरियाले यो भन्दा बढी नै गर्नु पने उहाँको भनाई छ ।
उत्तर कोरियाका विदेशमन्त्री रि सु–योङले एक अन्तर्वाताको क्रममा यस्तो प्रस्ताव गर्नुभएको थियो । अमेरिका र दक्षिण कोरियाले वार्षिक रुपमा गर्दै आएको संयुक्त सैन्य अभ्यासले कोरिया प्रयाद्विपमा तनाव बढाएको छ ।
उत्तर कोरियाले यो वर्षको सुरुदेखिनै मिसाइल परीक्षण तीब्र पारेको छ । शनिबार मात्रै उत्तर कोरियाले पानीजहाजबाट मार हान्न मिल्ने ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । संयुक्त राष्ट्रसंघसहित पश्चिमा देशले यसको निन्दा गरेका छन् ।
उत्तर कोरियाको प्रस्ताव ओबामाले खारेज गरे
Reviewed by marumala srinu
on
9:03 PM
Rating:
No comments: