Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

बर्दियाको एक हजार हेक्टर वनमा डढेलो

बर्दिया -बर्दियाको साइपुरस्थित खाता इलाका सामुदायिक वनमा हिजो बिहानदेखि डढेलो लाग्दा झन्डै रु १५ लाख बराबरको क्षति भएको छ ।

डढेलोबाट वनमा रहेका काठ, दाउरा, खरलगायत पालपतिङ्गर जलेर नष्ट हुँदा रु १५ लाख बराबरको क्षति भएको जिल्ला वन कार्यालय बर्दियाले जनाएको छ ।

पाँच सय बढी हेक्टरमा आगलागी हुँदा वनमा रहेका विभिन्न वन्यजन्तु समेत समस्यामा परेका छन् । आगलागी नियन्त्रणको प्रयास भइरहेको जिल्ला वन कार्यालय बर्दियाले जनाएको छ ।
दमकलसहित जिल्ला वन, वसन्ता इलाका वन कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, वनरक्षक, अग्नि हेरालु, स्थानीय सामुदायिक वनलगायत स्थानीय बासिन्दा परिचालन गरिए पछि आज बिहान चार बजे आगो नियन्त्रणमा आएको बताइएको छ ।

बर्दियामा हालसम्म विभिन्न सामुदायिक वन गरी एक हजार हेक्टरमा डढेलो र आगलागी भएको जिल्ला वन कार्यालयका प्रमुख भैरवप्रसाद घिमिरेले बताए ।

हावाहुरीका साथै लामो समयदेखि पानी नपरेकाले चर्को खडेरीका कारण पातपतिङ्गर सुकेर तथा जमिन सुक्खा भएकाले मध्यवर्ती क्षेत्र, राष्ट्रिय निकुञ्ज, सामुदायिक वनमा आगलागीका घटना वृद्धि भइरहेको बताइएको छ ।


बर्दियाको एक हजार हेक्टर वनमा डढेलो Reviewed by marumala srinu on 10:06 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.