Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

यात्रुसहित गुडिरहेको बस तोडफोड, गोरखा बजार बन्द

बैशाख ८
आफ्नो सिन्डिकेट तोड्दै गाडी चलाएको आरोपमा यातायात व्यवसायी समिति गोरखाका पदाधिकारीले गुडिरेहको बसमा ढुंगामुढा गरेका छन्।
करिब ३२ जना यात्रु लिएर बुधबार बिहान आरूघाटबाट गोरखा सदरमुकाम आउँदै गरेको आरुघाट यातायात प्रालिको ५ ख ७२११ नम्बरको गाडीमा ढुंगामुढा र घरेलु हतियारले आक्रमण गरेको हो। घरेलु हतियार खुकुरी, खुँडा र गलसहित आएका समितिका पदाधिकारी र सदस्यहरुले गोरखा नपा–१५ फिनाममा आक्रमण गरेका थिए।
आक्रमणबाट करिब आधा दर्जन यात्रु घाइते भएका छन्।
समितिका पदाधिकारीले ढुंगा, रड र गल प्रयोग गरेर आरुघाट यातायात प्रालिका पदाधिकारी सवार बा ६० प ५१५६, ग६प ७६५६, बा७० प ६९०२, बा५५प ८१०५ नम्बरको मोटरासइकल पनि तोडफोड गरेका छन् ।
अहिले गोरखा बजार बन्द छ।
प्रहरीले बसमा तोडफोड गर्ने केहीलाई पक्राउ गरेको छ।

यात्रुसहित गुडिरहेको बस तोडफोड, गोरखा बजार बन्द Reviewed by marumala srinu on 4:26 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.