Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

बाबुरामको चुनौतीः देश विकास, नयाँ साेच र सम्वृध्दिमा प्रतिस्पर्धा गरौं

रौतहट–नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले जनतालाई सास्ति हुनेगरि नाकाबन्दी, हड्ताल जस्ता कार्यक्रम नगर्न आग्रह गरेका छन्। उनले नाकाबन्दीले मधेस, पहाड सबै भेगका जनतालाई चिढ्याएको र आन्दोलनका जायज मागहरु झनै छायाँमा परेकाे भन्दै जनतालाई पीडा हुनेगरि आन्दोलन नगर्न मधेसवादी दलहरुलाई सुझाव दिएका छन्। 

रौतहटमा आयोजित कार्यक्रमहरुलाई सम्बोधन गर्न यहाँ आएका भट्टराईले दलहरुबीच अव कस्ले बढी र छिटो देश विकास गर्ने एजेण्डामा प्रतिस्पर्धा हुनुपर्ने बताए।

‘मधेसमा लामो आन्दोलन भयो त्यसले जनतालाई सास्ति दियो तर राजधानीको सत्तालाई खासै धक्का पुगेन’, भट्टराईले मधेसवादी दलहरुलाई सुझाव दिए ‘राजधानीमै सत्याग्रह, अनसन लगायतका कार्यक्रमहरु गरेर जनतालाई हैन सरकारलाई दवाव दिनु उचित हुनेछ।’ उनले संविधान संसोधन गरेर तराई–मधेसका जायज माग पूरा गर्नुपर्नेमा जोड दिए।

अव आन्दोलनमुखी कार्यक्रमका आधारमाभन्दा विकास र उत्पादनमुखी कार्यक्रमका आधारमा दलहरुबीच प्रतिस्पर्धा हुनुपर्ने भट्टराईले बताए। ‘अब राजनीतिक परिवर्तनको एउटा कोर्स पूरा भएको छ’, भट्टराईले भने ‘उत्पादनमुखी आन्दोलन, रोजगार, आधुनिकिकरण र छोटो समयमै देश विकास गरेर को अघि आउने भन्नेमा अव प्रतिस्पर्धा गरौं।’ उनले नयाँ शक्ति यो प्रतिस्पर्धामा उत्रिइसकेको पनि बताए।

उनले नयाँ शक्तिले विकास र समृद्धिको नारा प्राथमिकतामा राखेर राजनीति अघि बढाएको भन्दै विस्तारै नयाँ शक्तिप्रति आकर्षण बढ्दै गएको दावी गरे। ‘सुरुमा केही मान्छेहरुलाई भ्रम पारिएको थियो, तर त्यो हट्दै गएको छ।’ उनले देश विकास, समृद्धि, रोजगारी, आधुनिकिकरण र राष्ट्रिय एकता सबै नेपालीको चाहना भएको भन्दै नयाँ शक्ति त्यही चाहना पूरा गर्ने अठोटसहित अगाडि आएको भन्दै सबै नेपाली विस्तारै यसप्रति आकर्षित हुने दावि गरे।

‘उत्पादन, विकास, राहात र परिवर्तनका काममा शून्य प्रगति गरेर मौखिक सस्तो राष्ट्रियता भजाएर पपुलर हुने शैली अव धेरै टिक्ने छैन।’ उनले भने ‘बोलेर मात्रै राष्ट्रवादी हुने र जनतालाई भावनात्मक ब्ल्याकमेलिङ गरेर लामो समय टिक्न मुस्किल हुनेछ।’

भट्टराईले भारतपरस्त भनेर नियोजितरुपमा आफूलाई आरोप लगाउने र जनतालाई भ्रममा पार्ने काम भएको भन्दै त्यो विस्तारै चिरिँदै जाने बताए। ‘विकास र समृद्धिको कुनै योजना नभएकाहरुले अत्तालिए पछि प्रतिस्पर्धीलाई गिराउने एउटै उपाय हुन्छ त्यो हो आरोप लगाउने र लांक्षित गर्ने।’ उनले चुनौती दिए ‘विचार, कार्यक्रम, नयाँ शैली र नयाँ सोँचसहित अगाडि आएर स्वस्थ राजनीतिक प्रतिस्पर्धामा उत्रन हाम्रो आग्रह छ, अव झेली खेल नगरौं।’



बाबुरामको चुनौतीः देश विकास, नयाँ साेच र सम्वृध्दिमा प्रतिस्पर्धा गरौं Reviewed by marumala srinu on 3:03 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.