Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

अाइफोन ह्याक गर्नेलाई एफबीआइले दियो १३ लाख डलर

एफबीआइले सनबर्नारडिनोको गोलिकाण्डमा संलग्न व्यक्तिको आइफोन ह्याक गराउन १३ लाख डलरभन्दा बढी तिरेको बताएको छ। गोलिकाण्डमा संलग्न सायेद फरुकको आइफोनमा भएको जानकारीका लागि फोन ह्याक गर्न यति धेरै रकम तिरेको एफबीआइ डाइरेक्टर जेम्स कोमीले बताएका छन्। 
 
उक्त आइफोन ह्याक गर्न एफबीआइले एप्पलसँग मद्दत मागेपनि कम्पनीले उपभोक्ताको सुरक्षामा जोखिम हुने भन्दै मानेको थिएन। लामो समयको विवादपछि एफबीआइले एप्पलको मद्दत बिनै आइफोन ह्याक गरेको थियो। 
 
लन्डनस्थित एस्पन सेक्यूरिटी फोरमले उक्त आइफोन ह्याक गर्न कति पैसा खर्च भयो भनेर कोमीलाई गरेको प्रश्नमा उनले घुमाउरो पारामा आफ्नो हालको तलब स्केलअनुसार करिब ७ वर्ष ४ महिनाको कमाइ भन्दै जवाफ दिएको बताइएको छ। एफबीआइ डाइरेक्टरको वार्षिक तलब १ लाख ८१ हजार ५ सय डलर छ र यही आधारमा उनले भने अनुसार आइफोन ह्याक गर्न तिरेको रकम करिब १३ लाख ३१ हजार हुने अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन्।
 
सनबर्नारडिनो गोलिकाण्डमा फरुक र उनकी श्रीमतीले १४ जना मानिसको हत्या गरेका थिए। उनीहरु पछि प्रहरीको सुटआउटमा मारिएका हुन्।

अाइफोन ह्याक गर्नेलाई एफबीआइले दियो १३ लाख डलर Reviewed by marumala srinu on 3:24 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.