Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

चीनले बनायो विश्वकै शक्तिशाली मिसाइल

३० मिनेटमै अमेरिकामा विध्वंस मच्चाउने क्षमता
एजेन्सी: चीनले विश्वकै सबैभन्दा शक्तिशाली र लामो दुरीसम्म मार हान्न सक्ने मिसाइलको सफल परीक्षण गरेको छ। दोङफेङ्ग-४१ नामको यो मिसाइलले केबल ३० मिनेटमै १४ हजार किलोमिटरसम्म सजिलै धावा बोल्न सक्छ । 
 
यो मिसाइबाट एकसाथ १० वटा आणविक हतियार प्रहार गर्न सकिन्छ । दक्षिण चीन सागरलाई लिएर चलिरहेको तीब्र विवादका बीच यस परीक्षणबाट अमेरिका(चीनबीचको तनाव अझै बढ्नेछ । 
 
अमेरिकी रक्षामन्त्रालय पेन्टागनस्थित अधिकृतहरुले यस 'अन्तरमहादेशीय हतियार' को परीक्षणमा तीब्र असन्तुष्टी जनाएको छ । ३० मिनेटमा विश्वका कुनै पनि कुनामा हमला गर्न यो मिसाइल सक्षम हुने बताइएको छ । 
 
यस्तो छ मिसाइल
यो मिसाइलबाट यूरोपदेखि लिएर अमेरिकाका कुनै पनि स्थान या सहरमा चीनले सजिलै धावा बोल्न सक्षम हुनेछ । यो मिसाइल ३० मिनेटमा १४ हजार किलोमिटरसम्मको दुरीमा विध्वंश मच्चाउन सक्षम रहेको छ । 
 
पेन्टागनलाई उधृत गर्दै 'वासिङ्गटन फ्री बीकन' नामको वेबसाइटले जनाए अनुसार अमेरिकन स्याटलाइट र क्षेत्रीय सेन्सरले चीनको मिसाइल परीक्षणका क्रममा आणविक हतियारलाई डिटेक्ट गरेको हो । 
चीनको यो मिसाइल ब्यालेस्टिक मिसाइल जेएल-२ भन्दा सयौं गुणा खतारनाक भएकाले यो परीक्षणलाई अमेरिकाले आफूमाथिको ठूलो खतराकारुपमा लिएको छ । 
 
अघिल्लो साल ६ अगस्तमा चीनले दुई डमी परमाणु हतियारसहित डीएफ-४१ मिसालइलको परीक्षण गरेको थियो । 
 
समाचार अनुसार अघिल्लो साल ५ डिसेम्बरमा चीनले डीएफ-४१ लाई रेलबाट सफल परीक्षण गर्न सफल भएको थियो । 
 
चीनका राष्ट्रपति सी जिनपिङ्गले अहिले देशमाथि पूरै आफ्नो नियण्त्रण जमाएका छन् । बिहीबार उनले आफूलाई चिनियाँ सेनाको कमान्डर इन चीफ पनि घोषित गरेका छन् । 
 
यो घोषणापछि उनी चीनका अहिलेसम्मका शक्तिशाली नेता बन्न सफल भएका छन् । बुधवार र बिहीबार गुरुवार उनी पहिलो पटक सैन्य पोशाकमा जनतासामू उपस्थित भएका थिए  
 
चीनले गत आइतबार पहिलो पटक दक्षिण चीन सागरको विवादित द्वीपमाथि सैन्य विमान अवतरण गराएको थियो । जनवरीमा पहिलो पटक यहाँ यात्रुवाहक जहाज उडानको सफल परीक्षण गरिएको थियो । 
दक्षिण चीन सागरमाथि गस्ती गरिरहेको एक सैन्य लडाकू फेयरी क्रस रीफमाथि अवतरण भएको खबर सार्वजनिक भएपछि चीनसँग अमेरिकार र उसका सहयोगी राष्ट्रबीच तनाव झनै बढेको छ ।
 
दक्षिण चीन सागरमा कृत्रिम पूर्वाधार बनाइरहेका तीन मजदुर विरामी परेपछि चीनले उनीहरुको उद्धार गर्न भन्दै सैन्य जहाज अवतरण गराएको थियो । 
 
सैन्य जहाजबाट उद्धार गरि उनीहरुलाई उपचारका लागि हेनान द्वीपमा पुर्याइएको थियो । यो द्वीपमा अवतरण भएको एक लडाकू विमानको तस्बिर पनि चिनियाँ सञ्चारमाध्यममा सार्वजनिक भएको छ । 
 
अमेरिकासहित उसका सहयात्री राष्ट्रलाई चीनले यो कृत्रिम द्वीपमा लडाकू जहाजको बेस बनाउला भन्ने चिन्ताले पिरोलेको छ । 


चीनले बनायो विश्वकै शक्तिशाली मिसाइल Reviewed by marumala srinu on 3:49 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.