गर्मीमा घुम्न आउनुस् है चिसो र मनोरम भेडेटार !
पूर्वी नेपालमा होटल व्यवसायमा लगानी गर्ने क्रम बढेको छ । ठूला पाँचतारे होटलको निर्माणले समेत गति पाएको छ । खासगरी बिराटनगरदेखि धनकुटाको हिले करिडोर एवं झापाको बिर्तामोडदेखि ताप्लेजुङ करिडोरसम्म होटल निर्माणको क्रमले तिब्रता पाएको छ । यसको एउटा उदाहरण मान्न सकिन्छ भेडेटारलाई ।
पूर्वको पर्यटकीय गन्तव्यका रुपमा परिचय बनाएको भेडेटारमा निर्माणधीन अवस्थामा रहेका अधिकांश होटलहरुमा लगानी गर्ने क्रम बढेको होटल एसोसियशन भेडेटारका सचिव धिरेन्द्र रुम्दाली बताउँछन् ।
सुनसरी र धनकुटाको संगमस्थल भेडेटारमा पूर्वाअञ्चलकै सबै भन्दा बढी होटल रहेका छन् । छिनछिनमा मैासम परिवर्तन हुने विषेशता रहेको भेडेटारमा पाँचवटा ठूला सेमिनर हल सहितका ३५ वटा सुविधा सम्पन्न होटल खुलेका छन् । त्यसैगरी निकट भविश्यमा सञ्चालनमा आउने तयारीमा १० वटा तारे होटल निर्माणधीन अवस्थामा छन् ।
रुम्दालीका अनुसार पूर्वाअञ्चलमै सबैभन्दा वढी पर्यटक आउने भेडेटार क्षेत्रमा कम्तिमा २ करोडभन्दा वढी लगानीका ३५ वटा र कम्तिमा ५ करोडभन्दा बढी लगानीमा १० वटा तारे होटल निर्माणधीन अवस्थामा छन् ।
भेडेटारदेखि नाम्जेसम्मको क्षेत्रमा होटलमा एक रात बस्दा १ हजार जना पाहुनालाई राख्न सक्ने क्षमताका कोठा छन् । एकदेखि चार तारेसम्मका निर्माणधीन होटलमा अधिकांश लगानीकर्ताहरु गैर सेवामूलक क्षेत्रमा संलग्न रहेका छन् । उनीहरु धरान, बिराटनगर, इटहरी लगायतका क्षेत्रका उद्योगी व्यवसायीहरु रहेको सचिव रुम्दालीले जानकारी दिए ।
भेडेटारमा दैनिक दुई हजारदेखि २५ सयको संख्यामा पर्यटन घुम्न आउने गरेका छन् । घुम्न आउने कुल पर्यटकको संख्याको ४० प्रतिशत भारतीय हुने गरेको छ । पूर्वाञ्चलमा सबैभन्दा बढी घुम्न रुचाउने पर्यटकीय गन्तव्यका रुपमा भेडेटारलाई लि थालिएको छ ।
यात्रा स्मरणः भेडेटारको प्रचार गर्दै दौडाहामा निस्कँदा
-गोपाल दाहाल, धरान
देशभर खडेरी लागेको छ । हपहपी गर्मी बढेको छ । यो गर्मी सुरु भएसँगै एक वर्षअघि धनकुटाको भेडेटारमा चिसो खान निम्तो गर्दै पश्चिम डुलेको खुब याद आइरहेको छ ।
०७२ सालको चैत ५ गते पूर्वको सुन्दर गन्तव्य भेडेटारका स्थानीयवासीको टोलीमा मिसिएर पश्चिम नेपालमा भेडेटारको प्रचार गर्न हिँड्दा सारै रमाइलो भएको थियो ।
‘तपाईहरुको ठाउँमा गर्मी बढिसकेछ, हाम्रो चिसो ठाउँमा घुम्न आउनुहोस्, तपाईहरुलाई चुले निम्तो है ।’ भेडेटारका होटल व्यवसायी जीतेन्द्र रुम्दाली राईले यसरी निम्तो गरेपछि हामीलाई स्वागत गर्दै हेटौंडाका होटल सञ्चालक भगेन्द्र शर्माले जवाफ दिए, ‘बढो राम्रो प्रस्ताव ल्याउनु भयो, तपाईहरु हाम्रो ठाउँ घुमेर जानुस्, हामी तपाईहरुको ठाउँ घुम्न अवश्य आउँछौं ।’
धरानदेखि १६ किलोमिटर उत्तरमा पर्ने भेडेटारको मुख्य विशेषता भनेकै घाम र बादलको लुकामारी हो । समुद्री सतहदेखि १४२० मिटर उचाईमा रहेको भेडेटार सदाबहार चिसो हुन्छ । पूर्वी तराई र भारतका उत्तर प्रदेश, विहार लगायतका घुमन्तेलाई भेडेटारको महत्व थाहा हुँदै गएपनि पश्चिमका नेपालीलाई नै धेरै कुरा थाहा छैन भन्ने भेडेटारवासीको ठम्याइ थियो । त्यसैले पनि पश्चिमका पर्यटकीय स्थलमा आउने आन्तरिक र वाह्य पर्यटक अनि स्थानीय पर्यटनकर्मीलाई भेडेटारको परिचय दिँदै घुम्ने योजना बन्यो ।
गर्मीमा चिसो खान पश्चिमका पाहुना बोलाउन जाने भेडेटारवासीको निर्णयपछि म पनि टोलिमा सहभागी थिएँ । भेडेटारका होटल व्यवसायी, आमा समूह, खानेपानी व्यवस्थापन समिति, पाथीभरा मन्दिर व्यवस्थापन समिति र नागरिक समाजका प्रतिनिधीसहित ३२ जनाको टोलि चैत ५ गते बाटो लाग्यो । भेडेटारवासीहरु घुम्ने निम्तो गर्न आउँदैछन् भन्ने थाहा पाएर हेटौंडास्थित एभोकाडो होटलमा होटल एसोसिएसन मकवानपुरका पदाधिकारीहरु स्वागत गर्न बसेका रहेछन् ।
यात्राको पहिलो दिन भेडेटारवासीले हेटौंडामा निम्तो दिए । मकवानपुर होटल एसोसिएसनका कोषाध्यक्ष शंकरलाल श्रेष्ठले आन्तरिक पर्यटक निम्त्याउने भेडेटारको अभियानको खुलेर प्रसंशा गरेका थिए । ‘पहिला आफ्नो देशको भ्रमण गरौं, नेपालपनि विदेशभन्दा कम छैन ।’ उनले भेडेटारवासीलाई स्वागत गर्दै भनेको अझै याद आउँछ ‘यसरी नै हो आन्तरिक पर्यटनको विकास हुने ।’
पर्यटक बोलाउन हिँडेको हाम्रो टोलि आफैं आन्तरिक पर्यटक पनि थियो । हेटौंडाका व्यवसायीहरुलाई निम्तो दिएपनि गाडीबाटै रमाईलो हेर्दै साँझमा भैरहवा पुगियो ।
हाम्रो दोस्रो गन्तव्य थियो लुम्बिनी । विश्वमै नेपाललाई चिनाउने लुम्बिनीमा देशविदेशका पर्यटक आउँछन्, त्यसैले पनि उनीहरुमाझ भेडेटार चिनाउनु थियो अनि आफैं पनि आन्तरिक पर्यटक बनेर घुम्नु पनि ।
नेपाल पर्यटन बोर्डले प्रकाशन गरिदिएको भेडेटारको परिचयपत्र अर्थात ब्रोसर बोकेर हाम्रो टोलि बुद्ध जन्मस्थल लुम्बिनी पुग्यो । लुम्बिनी गेटदेखि नै पर्यटक, रिक्सा चालक सबैलाई भेडेटारको प्रचार सामाग्री दिंदै हामी मायादेवी मन्दिरतिर लाग्यौं । बाटोमा म्यानमारका पर्यटकहरु भेटिए । होटल एसोसिएसन भेडेटारका अध्यक्ष लीलाराज लावती उनीहरुलाई भेडेटारको बारेमा बताउन थाले ।
पर्यटकहरु खुसी हुँदै एकपटक अवश्य आउने बाचा गर्थे । लुम्बिनीका मायादेवी मन्दिर, अशोक स्तम्भ र विभिन्न देशका गुम्बा घुमेर बुद्ध दर्शनका कुरा अध्ययन गरियो । त्यसपछि बुटवलका होटल व्यवसायीलाई निम्तो दिने पालो आयो ।
हाम्रो यात्राका संयोजक थिए, धरानको सेछ ट्राभलिङका बासुदेव बराल । उनैले भेडेटारवासीको आन्तरिक पर्यटक बोलाउने कार्यक्रम अनुसार यात्रा भएको जानकारी दिएपछि होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका पदाधिकारी र होटल व्यवसायी महासंघका निर्वतमान केन्द्रीय अध्यक्ष माधव नेपाल स्वागतका लागि बसिरहेका रहेछन् ।
स्वागतपछि संघका वरिष्ठ उपाध्यक्ष समुन्द्र जिसीले भने ‘यसरी नै मिलेर एक अर्काे पर्यटनस्थलमा हामी आफैं घुम्न सुरु गर्ने हो भने आन्तरिक पर्यटनको विकास चाँडै हुन्छ ।’
सबैलाई समेटेको हाम्रो टोली त्यहाँका पर्यटनकर्मीका लागि उदाहरणीय लागेछ । उनीहरुले पर्यटनको विकासमा होटल व्यवसायी वा पर्यटनकर्मी मात्र नभएर यसरी नै सबै क्षेत्रको सहयोग आवश्यक रहेको भन्दै प्रसंशा गरे । उन
गर्मीमा घुम्न आउनुस् है चिसो र मनोरम भेडेटार !
Reviewed by marumala srinu
on
12:58 AM
Rating:

No comments: