उत्कृष्ट १० होमस्टेहरु
स्याङजाको सिरुबारीबाट २०५४ सालमा सुरु भएको होमस्टे पर्यटन देशभर फैलिएको छ। देशका सयौं गाउँमा होमस्टे सृुविधा पाइन्छ। पर्यटकीय गतिविधि, अतिथि सत्कार र कुशल व्यवस्थापनका हिसाबले केही गाउँ नमुना बनेका छन्। आन्तरिक पर्यटन प्रबर्धन गर्न नेपाल पर्यटन बोर्डले २०७३ साललाई घुमफिर वर्ष घोषणा गरेको छ। त्यसैले होमस्टे सुविधा भएका गाउँ भ्रमण गर्दा सस्तो, रमाइलो र ज्ञानबर्धक हुन्छ।
सिरुबारी
गाउँ पर्यटनको इतिहासमा सिरुबारीको नाउँ सुनौला अक्षरले लेखिएको छ। नेपालको पहिलो पर्यटन गाउँ हो सिरुबारी। स्याङजा जिल्ला पञ्चमुल गाविस– ४ को गुरुङ बस्तीलाई सिरुबारी (१,६१०मिटर) भनिन्छ। जहाँ गुरुङका ३९ घर छन्। १७ घरमा होमस्टे सुविधा छ।
होमस्टे पर्यटनको शुभारम्भ सिरुबारीबाट भएको हो। नेपालमा होमस्टे सृुविधासहित गाउँ पर्यटन अवधारणा व्यवहारमा लागु गराउने अगुवा क्याप्टेन रुद्रमान गुरुङ हुन्। गाउँ पर्यटनका नायक रुद्रमानको १५ फागुन ०७२ मा निधन भइसक्यो। उनले २०२५ सालमै सिरुबारीलाई पर्यटन गाउँ बनाउने सपना देखेका थिए। तर, धेरै समय लाग्यो। ०४८ सालदेखि पूर्वाधार विकासमा जोड दिए। र, ०५४ असोजमा सिरुबारीलाई पर्यटन गाउँ घोषणा गरियो।
गुरुङ जीवनशैली, संस्कृति र हिमाली सौन्दर्य सिरुबारीका बिशेषता हुन्। सिरुबारीमा दुई राते प्याकेजको दुई हजार रुपैयाँ पर्छ।
कसरी पुग्ने : काठमाडौं–पोखरा २०० किमि। काठमाडौंबाट टुरिष्ट बस, मिनिबस वा हवाई यात्रा गर्न सकिन्छ। पोखराबाट सिरुबारीसम्म गाडि चल्छ। पोखरा–कार्कीनेटा–सिरुबारी ६४ किमि छ। पोखराको पृथ्वीचोकबाट बस छुट्छन्। तिनले ५ घन्टामा पुर्याोउँछन्।
सम्पर्क : जुम गुरुङ–९८४६१५९३८८
काउलेपानी
लमजुङको काउलेपानी इतिहास, संस्कृति र प्रकृतिको त्रिबेणीधाम हो। यहाँ पुग्ने पाहुनालाई गाउँलेहरु 'मायाको जन्तर' लगाइदिन्छन्। बेसीसहरबाट डेढ घन्टा उकालो चढे पुगिन्छ। गाउँका १४ घरमा होमस्टे सुविधा छ। गुरुङ र नेवारका घरमा।
गाउँको फेदमा गाउँसहर दरबार छ। दरबार पाँच सय वर्ष पुरानो मानिन्छ। जुन राजा यशोब्रह्म शाहले बनाएका हुन्। काउलेपानी माथि पुरानोकोट गढी (१,९५० मिटर) छ। त्यहाँबाट माछापुच्छे्र, अन्नपूर्ण, लमजुङ, पिक २९, गंगापूर्ण, मनास्लुदेखि बुद्ध हिमालसम्म डेढ दर्जनभन्दा बढी हिउँचुली देखिन्छ।
बेसीसहर नगरपालिका–६ मा पर्ने काउलेपानीमा नेपाल भ्रमण वर्ष २०११ मा होमस्टे सुरु गरिएको थियो। नेपालीका लागि एकराते प्याकेजमा स्वागत, डिनर, बास र ब्रेकफास्ट सुविधा हुन्छ। प्याकेज मूल्य ९९० रुपैयाँ।
कसरी पुग्ने : काठमाडौं–बेसीसहर बसमा। बेसीसहरबाट दक्षिण–पश्चिम डेढ घन्टा उकालो चढे काउलेपानी। मोटरसाइकल र जीप गाउँसम्मै पुग्छ। काउलेपानीबाट डेढ घन्टामा पुरानोकोट।
सम्पर्क : देवबहादुर गुरुङ–९८४६२१०९६३
नाम्जे
धनकुटाको नाम्जे गाउँलाई अमेरिकी समाचार संस्था सिएनएनले केही वर्ष अघि विश्वका घुम्नैपर्ने १२ वटा गाउँको सूचीमा राखेको थियो। अर्गानिक खाना, मगर संस्कृति र आत्मा बस्ने घर गाउँका विशेषता हुन्। अमेरिकी आर्किटेक्टले बनाएको अचम्मकै छ, आत्मा बस्ने घर। मगरका पुर्खाको लास गाडिएका २१३ चिहानमा भएका ढुंगा बटुलेर बनाइएको सामूहिक चिहान हो।
हुर्रा नाच प्रख्यात छ। गाउँ रमाइलो छ। कृषि कर्ममा भिज्न सकिन्छ। नाम्जे गाउँका १९ घरमा होमस्टे गराइन्छ। खान र बस्न सस्तो छ। बासको १५० रुपैयाँ, सादा खानाको ९०, तोङ्बा सय, खाजाको ५० रुपैयाँ पर्छ।
भेडेटार हुँदै नाम्जे पुगिन्छ। भेडेटारको शंखेश्वर महादेव र नाम्जे पर्तिर राजारानीको तालले पनि लोभ्याउँछ।
कसरी पुग्ने : काठमाडौं–धरान ५५० किमि। धरान–नाम्जे २१ किमि। काठमाडौंबाट बिहान पाँच र दिउँसो तीन बजे धरान जाने डिलक्स गाडी छुट्छन्। बसमा १२ घन्टा। धरानबाट भेडेटार जान धनकुटा वा राजारानी जाने बस चढ्नुपर्छ या रिजर्भ गर्नुपर्छ।
सम्पर्क : अनिलकुमार राना– ९८४२५६३१९९
चित्लाङ
मकवानपुरको स्यानो उपत्यका हो चित्लाङ। काठमाडौं उपत्यकाबाट बाहिरिने पुरानो नाका चन्द्रागिरि भञ्ज्याङ (२,२८० मिटर)। भञ्ज्याङ मुन्तिर ६ किलोमिटरमा चित्लाङ गाउँ छ। उत्तरदक्षिण फैलिएको उपत्यका। त्यहाँ नेवार, तामाङ, क्षत्री, बाहुन र बलामीको बसोबास छ।
नेपाल पर्यटन वर्ष २०११ देखि गाउँमा होमस्टे सुरु गरिएको हो। नेवार, ठकुरी र क्षत्रीका ६ घरमा होमस्टे सुविधा छ। होमस्टेमा एक राते प्याकेजको १२ सय रुपैयाँ। गाउँमा केही होटल पनि छन्।
गाउँमा हेर्ने कुरा चिज धेरै छन्। सम्राट अशोकले ईसापूर्व २७३ मा बनाएको चैत्य छ। तलेजु भवानी कोत, सातधारा, त्रिगजुरेश्वर शिवालय, बाख्रा फार्म, स्वच्छन्द भैरव लगायत सम्पदा छन्। बाख्राको दूधबाट बनेको चिज पनि पाइन्छ। मुला, साग, आलु, भुइँस्याउ लगायत खाद्यान्न राम्रो उत्पादन हुन्छ।
कसरी पुग्ने : काठमाडौंको थानकोट पार्कपछाडि गोदामबाट जीप चल्छन्। त्यहाँबाट चन्द्रागिरि भञ्ज्याङ हुँदै चित्लाङ पुगिन्छ। बाटो कच्ची छ। गोदाम–चित्लाङ १३ किमि।
सम्पर्क : राधाकृष्ण बस्नेत– ९८०४३९१८८२,
अन्तु
इलामको श्रीअन्तु र समालबुङ २ गाविस मिलाएर अन्तु पर्यटन क्षेत्र घोषणा गरिएको छ। अन्तु डाँडा (१,८२३ मिटर) बाट सूर्योदय/सूर्यास्त देखिन्छ। डाँडा समालबुङमा पर्छ। अन्तुबाट पारि मिरिक बजार देखिन्छ। २ घन्टामा सीमावर्ती मिरिक बजार पुगिन्छ। गाउँबाट कञ्चनजंघा हिमसृङखला देखिन्छ।
अन्तु क्षेत्रमा चिया पर्यटनको संभावना छ। अन्तु क्षेत्रको ६० प्रतिशत चियाले ढाकेको छ। चियाबारीले मनै हर्छ। सूर्योदयको गाउँका रुपमा अन्तुले चिनारी बनाइसकेको छ। गाउँको अन्तु पोखरीमा डुँगा चढ्न पाइन्छ।
गाउँका दुई दर्जन घरमा होमस्टे छ। सस्तोमा खाना र बास पाइन्छ। डिनर, बास र नास्ताको ६ सय रुपैयाँ पर्छ। साँझ लाप्चा, राई, मगर, तामाङ, लिम्बु र नेवार संस्कृति झल्कने
उत्कृष्ट १० होमस्टेहरु
Reviewed by marumala srinu
on
12:52 AM
Rating:

No comments: