कांग्रेस महामन्त्री डा. शशांक कोइराला आइतबार लसएन्जलस आउंदै
लसएन्जलस, १६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी मे १ तारिख साँझ ७:०० बजे दक्षिण क्यालिफोर्नियाका नेपालीहरुलाई लसएन्जलसमा संबोधन गर्नु हुने भएको छ । नेपाली जनसम्पर्क समिति अमेरिका अन्तर्गतको दक्षिण क्यालिफोर्निया च्याप्टरले उहाँको सम्मानमा आगामी मे १ तारिख साँझ ७:०० बजे स्थानिय आर्टेसिया शहरमा आयोजना गर्ने स्वागत समारोहलाई महामन्त्री कोइरालाले संबोधन गर्ने भएका हुन ।
समितिका सभापति मदन पाठकका अनुसार झन्डै दुई साता लामो अमेरिका भ्रमणमा रहनु भएका महामन्त्री कोइराला मातृभूमिको संकटग्रस्त राजनीतिको आसा र भरोसाको केन्द्र भएको हुँदा उहांलाई लसएन्जलसमा स्वागत गर्न पाउनु यस क्षेत्रका प्रजातन्त्रमा विश्वास गर्ने नेपाली अमेरिकनको लागि अवसर हो । पाठकले भने, ‘जननायक ‘बिपी’ सुपुत्र महामन्त्री कोइराला काँग्रेस, प्रजातन्त्र र मातृभूमिको भबिष्य हुन ।’ उहाँले दक्षिण क्यालिफोर्नियामा बसोबास गर्ने समस्त नेपाली अमेरिकनलाई महामन्त्री कोइरालाको सम्मानमा आगामी आइतबार जनसम्पर्क समितिले आयोजना गर्ने स्वागत तथा सम्मान समारोहमा सहभागी भैदिन आग्रह समेत गरेका छन ।
गत शुक्रबार आफ्नो दुई साता लामो अमेरिका भ्रमणको क्रममा न्युयोर्क आइपुगेका काँग्रेस महामन्त्री कोइराला न्युयोर्क, भर्जिनिया, टेक्सास, सिकागोको कार्यक्रम सकेर आगामी आइतबार लसएन्जलसका नेपाली अमेरिकनलाई संबोधन गर्ने कार्यक्रम रहेको छ भने त्यस लगत्तै उहाँ मे ३ तारिखका दिन सनफ्रान्सिस्कोमा उहाँको सम्मानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन त्यस तर्फ जानुहुनेछ ।

No comments: