Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

जावालाखेलमा झुण्डिएर एक व्यक्तिले आत्महत्या गर्दा टोल नै रुवावासी

ललितपुर–ललितपुर जावालाखेल वडा नं. १३ स्थित एक व्यक्तिले आफ्नै घर अगाडि बनाएको जस्ताको टहराको सिलिङमा झुण्डिएर आत्महत्या गरेका छन् । रातो कलरको नाइनलको डोरीमा झुण्डेर पूर्ण बहादुर चण्डुकारले आत्महत्या गरेका हुन् ।
७३ वर्षीया चण्डुकार बेलुका परिवारसँगै बसेर खाना खाएर सुतेका थिए । जावालाखेल प्रहरीका अनुसार बेलुका परिवारसँगै खाना खाएर सुतेका चण्डुकार झुण्डिरहेको अवस्थामा बिहान ५ः३० मा परिवारले देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।

चण्डुकारले आत्महत्या गरेपछि उक्त टोलमा रुवावासी चलेको छ ।

आत्महत्या गर्नुको करण भने खुल्न सकेको छैन् । आत्महत्या गर्नुको कारणबारे अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चण्डुकारको शरीरमा कुनै पनि चोटपटक नभएको र अहिले उनको शवलाई पोष्टमार्टमको लागि पाटन अस्पताल लगिएको प्रहरीले जनाएको छ ।


जावालाखेलमा झुण्डिएर एक व्यक्तिले आत्महत्या गर्दा टोल नै रुवावासी Reviewed by marumala srinu on 11:07 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.