नुहाउन गएका दुई किशोरीको डुबेर मृत्यु
बैतडीको कटौजपानी–९ भौलेली गाउँका दुई किशोरीको खोलामा डुबेर बुधबार साँझ मृत्यु भएको छ ।
मृत्यु हुने किशोरीहरू स्थानीय रौलेश्वर माविका विद्यार्थी हुन्। मृतक सोही गाविस–९ की १५ वर्षीया माधवी जोशी र १५ वर्षीया राधिका जोशी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहन पोखरेलले बताए।
कटौजपानी–९ पाटागाउँमा बुधबार दिउँसो ३ बजे खोलामा नुहाउन गएका किशोरी बेपत्ता भएको धेरै समयपछि पनि घर नफर्केपछि खोजी गर्ने क्रममा साँझ ७ः३० बजे मृत अवस्थामा भेटिएका थिए । शवपरीक्षणका लागि बिहीबार बिहान जिल्ला अस्पताल बैतडीमा लगिएको छ। रासस
नुहाउन गएका दुई किशोरीको डुबेर मृत्यु
Reviewed by marumala srinu
on
11:00 PM
Rating:
No comments: