Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

भ्रष्टाचार आरोपमा एघार सैनिक अधिकृत निलम्बित

 इस्लामाबाद (पाकिस्तान): पाकिस्तानी सेना प्रमुख जनरल रहिल शरिफले ११ जना सैनिक अधिकारीलाई भ्रष्टाचार आरोपमा बिहीबार निलम्बन गरेका छन् ।निलम्बितमध्ये दुईजना उच्च सैनिक अधिकारीसमेत रहेका छन् ।
 
पाकिस्तानी सैनिक स्रोतले सञ्चारमाध्यमलाई जनाएअनुसार निलम्बितमध्ये एक लेफ्टिनेन्ट जनरल र एक मेजर जनरल छन् भने पाँचजना ब्रिगेडिएर जनरल, तीनजना कर्णेल र एक मेजर रहेका छन् ।
 
यो कदम चाल्नु दुई दिनअघि जनरल रहिल शरिफले हरेक तहमा जवाबदेहीको माग गर्दै जबसम्म भ्रष्टाचारको समस्यालाई जरैबाट खतम बनाइन्न तबसम्म आतंकवाद र चरमपन्थविरुद्ध चलिरहेको लडाइँले स्थायी शान्ति र स्थिरता लिन नसक्ने बताएका थिए ।
  
निल्म्बनमा परेका उनीहरु सबै अफगानिस्तानको सीमास्थित दक्षिणपश्चिमी बोलोचिस्तान राज्यमा कार्यरत रहेका थिए ।
 
सेनाका वरिष्ठ अधिकारीलाई बर्खास्त गरिएको सन्दर्भमा अहिलेसम्म आधिकारिक घोषणा गरिएको छैन । तर स्थानीय टेलिभिजन च्यानलले सेनाको यो निर्णयको समाचार प्रसारण गरिरेहका छन् ।

जनरल शरिफको तर्फबाट वरिष्ठ अधिकारीलाई बर्खास्त गरिएको सन्दर्भले पाकिस्तानमा खास महत्व राख्छ । पनामा पेपर्स लीक मामिलामा प्रधानमन्त्री नवाज शरिफका परिवारका सदस्यको नाम आएपछि यहाँको राजनीति तातेको  छ ।
 
पनामा पेपर्स लीकमा प्रधानमन्त्री शरिफका दुई छोरा र एक छोरीले विदेशमा कथितरुपमा खाता खोलेर नक्कली कम्पनी खडा गरि पैसा लुकाएको पाइएको थियो ।

सेना प्रमुखको यो फैसलाले पाकिस्तानमा राजनीति असर पार्नेछ । यो प्रकरण चर्किएमा प्रधानमन्त्रीको राजीनामा पनि माग्ने सम्भावना छ ।  

भ्रष्टाचार आरोपमा एघार सैनिक अधिकृत निलम्बित Reviewed by marumala srinu on 7:34 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.