Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

विश्वप्रसिद्ध गायक तथा संगीतकार प्रिन्सको निधन

१० वैशाख, काठमाडौं । विश्वप्रसिद्ध गायक तथा संगीतकार प्रिन्सको निधन भएको छ । उनका प्रवक्ताका अनुसार ५७ वर्षीय प्रिन्सको आफ्नै निवास मिन्नेसोटामा निधन भएको हो ।

अमेरिकी सञ्चार माध्यमहरुका अनुसार बिहीबार आफ्नै निवासमा रहेका पि्रन्सको ‘मेडिकल इमरर्जेन्सि’ बारे प्रहरीलाई जानकारी गराइएको थियो ।

सन् ८० को दशकमा १९९९, पर्पल रेन, साइन ओ द टाइम्स जस्ता चर्चित एल्बमका कारण उनी विश्व प्रसिद्ध भएका थिए ।
अहिलेसम्म उनको एक करोड भन्दा धेरै गीतहरु बिकिसकेका छन् ।

गायन, संगीतकार तथा अन्य बाद्य क्षेत्रमा माहिर प्रिन्सका ३० भन्दा धेरै एल्बम छन् । उनको सबैभन्दा लोकप्रिय गीतमा ‘लेट्स गो क्रेजी’ तथा ‘वेन डब्स क्राई’ रहेका छन् ।

गत हप्ता स्टेजमा गीत गाउँदै गर्दा उनको स्वास्थ्यमा समास्या आएको थियो । त्यसलगत्तै अस्पताल लगिएका उनको स्वास्थ्यमा सुधार आएको जनाइएको थियो ।


विश्वप्रसिद्ध गायक तथा संगीतकार प्रिन्सको निधन Reviewed by marumala srinu on 7:45 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.