Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

आइपीएल क्रिकेटमा हैदराबादद्वारा गुजरात १० विकेटले पराजित

गएराति राजकोटमा भएको खेलमा गुजरात लाइन्सले दिएको १ सय ३६ रनको लक्ष्य हैदराबादले १४.५ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो। 
 
हैदराबादका लागि डेबिड वार्नरले ७४ र शिखर धावनले ५३ रनमा नटआउट रहे। ४८ बलको सामना गरेका वार्नरले ९ चौका प्रहार गर्दै ७४ रन बनाए भने ४१ बलको सामना गरेका ५ चौका प्रहार गरेका थिए। 
 
टस हारेर पहिले ब्याटिङको निम्तो गरेको गुजरातका लागि कप्तान सुरेश रैनाले ७५ रन बनाए। यस्तै ब्रेन्डम म्याकलमले १८, रविन्द्र जडेजाले १४ रन जोड्नु बाहेक अन्य ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन्। 
 
हैदराबादका भुवनेश्वर कुमारले ४ विकेट लिए भने, बरिन्द्रर स्रान, मुस्तफिजुर रहमान, दिपक हुड्डा र विपुल शर्माले समान १–१ विकेट लिएका थिए। 
 

आइपीएल क्रिकेटमा हैदराबादद्वारा गुजरात १० विकेटले पराजित Reviewed by marumala srinu on 7:21 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.