एकैपटक २१ राजदूत नियुक्तिको सिफारिस, चीनमा पूर्वमन्त्री पाण्डे -
वैशाख ७, २०७३- सरकारले लामो समयदेखि रिक्त रहेको राजदूतमा राजनीतिक भागवण्डा र परराष्ट्र मन्त्रालयका कर्मचारीको बरिष्ठताको आधारमा नियुक्तिको सिफारिस गरेको छ ।
सरकारले एकै पटक २१ स्थानमा राजदूत सिफारिस गर्दा पञ्चायतकालिन हस्तीहरुदेखि कूटनीतिक अनुभव नै नभएका ब्यक्तिहरुलाई राजदूत नियुक्ति गरेको हो । सरकारले एकै पटक यति धेरै राजदूत नियुक्त गरेको पहिलो पटक हो । लामो समयदेखि दूतावास खाली रहेको कारण एकैपटक यति धेरै राजदूत नियुक्ति भएको हो ।
चार बर्षदेखि खाली रहेको दूतावासले बल्ल राजदूत पाउने प्राय: निश्चित भएको हो । संसदीय सुनुवाई समितिको टुंगो लागिनसकेको अवस्थाले गर्दा उनीहरुको नियुक्तिमा भने अझै केही ढिलाई हुन सक्ने अधिकारीहरु बताउँछन् । राजनीतिक भागबण्डा नमिल्दा लामो समयदेखि राजदूत नियुक्तिमा निर्णय हुन सकेको थिएन ।
सुशील कोइराला नेतृत्व सरकारले अमेरिका र भारतमा राजनीतिक भागवण्डाका अधारमा राजदूत नियुक्त गरेपनि अन्य स्थानमा भागवण्डा मिलाउन नसक्दा निणर्यमा चुकेका थिए । राजनीतिक भागवण्डा हुन नसकेपछि परराष्ट्र मन्त्रालयका ६ सहसचिवलाई तत्कालिन कांग्रेस नेतृत्व सरकारले नियुक्ति गरेको थियो । परराष्ट्र मन्त्रालयबाट राजदूत नियुक्ति गरेको थियो ।
सरकारले अहिले परराष्ट्र मन्त्रालयबाट सेवा निवृत्त सहित ८ जनालाई राजदूतको लागि सिफारिस गरेको छ ।
लामो समयदेखि दूतावास खाली रहँदा चुस्त कूटनीतिमा नै प्रश्न चिन्ह खडा भइरहेको अवस्थामा सरकारले राजदूत नियुक्तिको सिफारिस गरेको हो । सरकारको ध्यान लामो समय देखि भारतसंगको असमझदारी अन्त्य र अन्य आन्तरिक राजनीतिक समस्या समाधानमा नै केन्द्रित भएकोले ढिलाई भएको बताउदै आएको थियो । सत्ता घटक दलहरु बीच नै राजनीतिक भागवण्डा नमिल्दा पनि नियुक्तिमा ढिलाई भएको अवस्थामा अहिले राजदूत नियुक्तिको सिफारिस भएको हो ।
महेन्द्र बहादुर पाण्डे–चीन
डा. निरन्जन थापा– रसिया
लक्कि शेर्पा – अस्ट्रेलिया
दुर्गाबहादुर सुवेदी – बेलायत
डा. खडग केसी –जापान
लोकबहादुर थापा –बेल्जियम
सेवा लम्साल अधिकारी –पाकिस्तान
युवनाथ लम्साल –डेनमार्क
प्रकास सुवेदी – अस्ट्रिया
युवराज कार्की – दक्षिण कोरिया
भरत बहादुर रायमाझी – यूएई
महेन्द्र सिंह – कतार
खगेन्द्र बस्नेत बंगलादेश
नारद भारतद्धाज – श्रीलंका
ताराप्रसाद पोखरेल– ब्राजिल
पदम सुन्दास बहराइन
रमेशप्रसाद खनाल–जर्मनी
अलिअख्तर मिकरानी – सउदी अरेविया
डा. शिवमाया तुम्वाहम्फे – इजरायल
ऋषिराम घिमिरे- म्यानमार

No comments: