आइपिएल छाडेर गेल घर फर्के
काठमाडौं, वैशाख ७ – श्रीमती सुत्केरी हुने भएपछि वेष्ट इण्डिजका ब्याट्सम्यान क्रिश गेल भारतमा चलिरहेको इण्डियन प्रिमियर लिग आइपिएल छाडेर घर फर्किएका छन् । उनी बैंगलोर रोयल
च्यालेन्जर्सका ओपनर हुन् । उनले बैंगलोरका कम्तीमा पनि २ वटा खेल गुमाउने छन् । बैंगालोरले बुधबार मुम्बई इण्डियन्ससित तथा शुक्रबार राइजिङ पुने सुपरजाइन्ट्ससँग खेल्ने छ । जमैकाका गेल र उनकी श्रीमती नतशा बेरिड्ज पहिलो सन्तानको पर्खाईमा छन् ।
आइपिएलका सफल ब्याट्सम्यान गेलले यो सिजनमा भने राम्रो प्रदर्शन गर्न सकेका छैनन् । उनले अहिलेसम्म यो सिजनमा २ खेलमा मात्र १ रन बनाएका छन् । बैंगलोरका कप्तान विराट कोहलीले सुरुवाती खेलमा गेलले रन नबनाएपनि टिमलाई आवश्यक परेको बेला उनले योगदान गर्ने बताएका थिए ।
आइपिएल छाडेर गेल घर फर्के
Reviewed by marumala srinu
on
6:25 AM
Rating:
No comments: