Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

राष्ट्रपतिद्वारा भूकम्प स्मृति उद्यानको शिलान्यास

गोरखाः राष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष वैशाख १२ को ‘गोरखा भूकम्प’ को केन्द्रविन्दु बारपाक पुगेर भूकम्पस्मृति उद्यानको आज शिलान्यास गरेकी छिन् । 
 
उनले भूकम्पमा परी निधन भएकाहरुको सम्झनामा जिल्ला दैवीप्रकोप उद्धार समितिले निर्माण गर्न लागेको स्तम्भको पनि शिलान्यास गरिन । 
बारपाक वडा नं ४ र ५ को केही भाग समेटेर भूकम्पस्मृति उद्यान निर्माण गर्न लागिएको छ । यसअघि जिविसले बोटबिरुवा हुर्काएर उद्यान बनाएका ठाउँमा मृतकको सम्झना गर्दै भूकम्पस्मृति स्मृति बनाउने तयारी गरिएको हो । 
 
यस्तै, राष्ट्रपति भण्डारीले एक भूकम्पपीडितको घरको शिलान्यास गर्दै गोरखा पुनःनिर्माणको शुभारम्भ पनि गरे । 
 
बारपाक–४ का गोपाल विकको घर शिलान्यास गरेपछि राष्ट्रपति भण्डारीले अनुदान पाउने लाभग्राहीको नामावली (सूची) सार्वजानिक गरिन। 
 
उनले बारपाक– ४ स्थित हिमालय उमाविको प्राङ्गणमा आयोजित कार्यक्रममा सहभागी समेत भएकी छन् । राष्ट्रपति भण्डारी ४५ मिनेट बारपाक गाउँ बसेर लाप्राकतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले जानकारी दिए ।
 
लाप्राक पुनःनिर्माणमा गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले सघाउने बताउँदै आएको छ । 
 
एनआरएनलाई लाप्राक पुनःनिर्माणको स्वीकृति दिने सम्झौताका लागि राष्ट्रपति सहित पुनःनिर्माण राष्ट्रिय प्राधिकरणका कर्मचारी पनि लाप्राक पुगेको बारपाक–४ का तेजबहादुर घलेले टेलिफोनमा जानकारी दिए । रासस 


राष्ट्रपतिद्वारा भूकम्प स्मृति उद्यानको शिलान्यास Reviewed by marumala srinu on 1:52 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.