पोखरामा भूकम्पका दिवांगतको सम्झनामा सबै धर्मको गुरुहरू
विनाशकारी भूकम्पबाट दिवांगत भएका आत्माको चिर शान्ति र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै पोखरामा शान्ति पूजा भएको छ। पुम्दिभुम्दिस्थित विश्व शान्ति स्तूपमा सामुहिक रुपमा विभिन्न धर्मका गुरुले स्वस्थीशान्ति गरे।
पोखरा पर्यटन पूर्नजागरण समितिको आयोजनामा हिन्दु धर्म, बौद्धमार्गी, मुस्लिम, क्रिश्चियन, ओम शान्ति, हरेराम हरे कृष्ण लगायतका गुरुहरुले एकै ठाउँबाट स्वस्थीशान्ति गरेका हुन्। बिहान देखि नै पुजापाठ गरेर अघिल्लो वर्ष भूकम्प गए कै समयमा ५ मिनेट सामुहीक प्रार्थना समेत गरे।
भुकम्पको कालो दिनको रुपमा स्मरण गर्दै आगामी दिनमा दुःखद आपद् आइनपरोस भनी सबै धर्मका व्यति्कहरुलाई एकै ठाउँमा राखेर पुजा आयोजना गरेको संयोजक गणेश भट्टराईले बताए। कार्यक्रमा विभिन्न व्यक्तिहरुले भूकम्पबाट पाठ सिकेर अझ उत्साहका साथ देश निमार्णमा लाग्नु पर्ने बताएका थिए।
पोखरामा भूकम्पका दिवांगतको सम्झनामा सबै धर्मको गुरुहरू
Reviewed by marumala srinu
on
1:54 AM
Rating:
Reviewed by marumala srinu
on
1:54 AM
Rating:

No comments: