Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

भारतीय उद्योगपति विजय माल्याको पासपोर्ट रद्द

वैशाख १२ – भारत सरकारले उद्योगपति विजय माल्याको पासपोर्ट रद्द गरेको छ । भारतीय विदेश भारतीय विदेश मन्त्रालयका 
प्रवक्त विकास स्वरुपले ट्वीट गरेर उद्योगपति माल्याको पासपोर्ट रद्द गरेको जानकारी दिनुभएको हो । विकास स्वरुपले ट्वीटमा लेख्नुभएको छ ‘विजय माल्याको तर्फबाट पाएको जवाफ र उनी विरुद्ध जारी गरिएको जमानती वारेन्टलाई मध्यनजर गरेर विदेश मन्त्रालयले उनको पासपोर्ट रद्द गर्ने फैसला गरेको छ ।’ 
भारतको भ्रष्टाचार नियन्त्रण आयोगले उद्योगपति माल्याको पासपोर्ट रद्द गर्न माग गरेको थियो । माल्याले बैंकको ९ हजार करोड भारु भन्दा धेरै ऋण तिर्न बाँकी छ । माल्या अहिले भारत बाहिर छन्, केही सञ्चारमाध्यमले माल्या अहिले लण्डनमा रहेको बताएका छन् ।

यसअघि भारतीय विदेश मन्त्रालयले माल्याको पासपोर्ट निलम्बित गरेको थियो । माल्या राज्य सभा सदस्य पनि हुन् ।

– एजेन्सीको सहयोगमा

भारतीय उद्योगपति विजय माल्याको पासपोर्ट रद्द Reviewed by marumala srinu on 1:46 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.