Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

यी युवतीले फिर्ता गरे भेटाएको १२ लाख

काठमाडाैँः भेटिएको रकम फिर्ता गरेर फेरि पूर्वेली दुई युवती सञ्चार माध्यममा छाएका छन् । रकम हराउनेसँग पैसा सहित फोटो खिचाएर सञ्चार माध्यममा छाएका युवतीहरु धरान–१५ की ज्योति राई र मोरङको उर्लाबारी–८ की सुनिता राई हुन् ।
भेटाएको रकम फिर्ता गरेको पक्का हो कि होइन तस्बिरमा देखिएपछि सहजै अनुमान गर्न सकिन्छ । तर पूर्वेली सञ्चार माध्यम यस विषयमा अझै ससङ्कित भने छन् । यही आशंकाका कारण मुख्य सञ्चार माध्यमले यसको समाचार प्रसारण गर्न अनकनाइ रहेको धरानका एक जना पत्रकारले उल्लेख गरे । ‘भेटाएको १२ लाख हो कि १८ लाख हो त्यसमा पनि ‘क्लियर’ भएको छैन’ उनले भने, ‘ऋण तिरेको हो भन्ने पनि हल्ला आइरहेको छ, यसै भन्न सकिएन त्यसैले हामीले यो समाचारलाई प्राथमिकता दिएनौँ ।’
यस अघि पनि यस्तै प्रकृतिको समाचारका कारण पत्रकारहरुले बदनामी बेहोर्नु परेको थियोे । यो समाचार पनि पूर्वका कतिपय मिडियालाई ‘…………….. विजुली चम्कँदा तर्सन्छ’ भनेजस्तो भएको छ ।
समाचारका अनुसार
धरान–१५ की ज्योति राई र मोरङको उर्लाबारी–८ की सुनिता राईले आफन्तको पहिचान गर्दै भेटेको १२ लाख रुपैयाँ फिर्ता गरिदिएका छन् । गत बिहीबार साँझ ७ बजेतिर धरान–८ को विश्वकर्मा मन्दिरभन्दा एक किलोमिटर तल मोटरसाइकल दुर्घटना भएको स्थानमा उनीहरुले रुपैयाँसहित कालो ब्याग भेटेका थिए ।
सो रकम उनीहरुले शनिबार उनका आफन्तको खोजी गर्दै रकम फिर्ता गरिदिएपछि उनीहरुको हाईहाई भएको छ । दुर्घटनाबाट ज्यान गुमाएका व्यक्तिका बाबु धरान–१७ का दलबहादुर गेलाललाई ज्योति र सुनिताले रकम फिर्ता गरिदिएका हुन् । छोराको मृत्युले भावविह्वल भइरहेका बेला आशा मारेको रकम प्राप्त गरेपछि दलबहादुर बोल्न सकेनन् ।
रकम हस्तान्तरण कार्यक्रममा शनिबार उनले पैसा हातमा लिए । ती दुवैलाई मायाको चिनो प्रदान गरे । त्यसपछि उनी सिधै बाहिरिए । यस्तो दुःखको बेला रकम पाउँदाको खुसीसमेत उनले साटेनन् । उनी बोल्नै नसक्ने अवस्था भएपछि कान्छो छोराले उनलाई लिएर गएका थिए ।
माया मारिसकेको रकम प्राप्त गर्दा ‘अहिलेको जुगमा पनि त्यस्ता मान्छे भेटिँदा रहेछन्’ भन्ने लागेको कान्छो छोरा रामले बताए । ‘पैसाभन्दा ठूलो त दाइ हुनुहुन्थ्यो’, उनले भने, ‘माया मारिसकेको पैसा पाउँदा बुबा बोल्न सक्नुभएन । नर्भस हुनुभयो । रिङ्गटा लाग्यो भन्नुभयो र बाहिर निस्किहाल्यौँ ।’
दलबहादुरका छोरा ओमबहादुर चढेको मोटरसाइकल ट्याम्पुमा ठक्कर खाएको थियो । दुर्घटनाबाट उनको मृत्यु भइसकेको छ । मोटरसाइल चालक विनोद दियालीको खुट्टा भाँच्चिएको छ भने हातको कुमसमेत खुस्किएको छ । दुर्घटना स्थलमा फेला पारेको रकम उनीहरुले धरान–१५ कै टीका पाख्रिनको मद्दतबाट ठेगाना पत्ता लगाएर फिर्ता गरिदिएका हुन् ।
‘हामी इटहरीबाट धरान फर्किदै थियौँ । त्यो बेला दुर्घटना भएको रहेछ । त्यहीँ नजिकै ब्याग फेला पार्यौँ’, उनीहरुले भने, ‘त्यो बेलादेखि हामीले यो ब्याग सुरक्षित राखेका थियौँ ।’ उनीहरुका अनुसार प्रहरीलाई दिने तयारी गरिरहँदा आफ्ना आफन्तहरुले प्रहरीलाई भन्दा सिधै आफन्तलाई भेटेर दिने सल्लाह दिएपछि टीकाको मद्दतबाट आफन्तलाई नै रकम फिर्ता दिइएको हो । ज्योति र सुनितालाई त्यो ब्यागमा पैसा छ भन्ने मात्रै थाहा थियो तर कति छ भन्ने थाहा थिएन ।
‘हामीले चेक पनि गरेनौँ किनकि हामीलाई डर थियो । पैसा घटबढ पनि हुन सक्छ भनेर हामीले चेक गरेनौँ । जति थियो, त्यति नै ल्याएर फिर्ता गरिदियौँ ।’ ज्योतिले भनिन् । उनीहरुले पासबुकसमेत फिर्ता गरिदिएका छन् । पासबुकमा १ करोड ३२ लाख रुपैयाँ बचत रहेको उल्लेख थियो । ओमबहादुरले धरान–१७ मा आईएमई सञ्चालन गरिरहेका थिए ।
उर्लावारी घर भएकी सुनिता तराहरास्थित व्राईट फ्युचर इङ्लिस बोडिङ स्कुलमा लेखापालमा काम गर्दै आएकी थिईन । विद्यलायबाट फर्कने क्रममा उक्त पैसा भेटेका हुन । मृत्तकका भाई राम गेलालले जाहेरीमा १५ लाख रुपैया हुराएको भन्ने दिएको इलाका प्रहरीकार्यलयका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । तर बैक स्टेटमेन्ट अनुसार १४ लाख निकालेको र २ लाख इटहरीको एक आईएमलाई बुझाईवाकी १२ लाख धरान बोकेर आएको देखिएको प्रहरीले जनाएको छ । मृतकले प्रभु बैकबाट ७ लाख नेविल इटहरीबाट ७ लाख निकालेको देखिएको छ ।

यी युवतीले फिर्ता गरे भेटाएको १२ लाख Reviewed by marumala srinu on 7:32 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.