Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

स्पेनिस ला लिगा रोमाञ्चक : बार्सिलोना, रियल म्याड्रिड र एथ्लेटिको म्याड्रिड विजयी

वैशाख १९ – स्पेनिस ला लिगाको उपाधि होड रोमाञ्चक बनेको छ । उपाधि होडमा रहेका बार्सिलोना, रियल म्याड्रिड र एथ्लेटिको म्याड्रिडले गएराति भएका आआफ्नो खेल खेल जितेका छन् । बार्सिलोनाले रियल बेटिसलाई २–० ले हरायो । बेटिसका डिफेन्डर वेष्टरम्यानले खेलको ३५ औं मिनेटमा बार्सिलोनाका स्ट्राइकर रेकिटलाई डिएरियामा लडाएपछि रातो कार्ड खाँदै उनी मैदानबाट बाहिरिए ।
१० खेलाडीमा सिमित रहेको बेटिसमाथि ५० औं मिनेटमा बार्सिलोनाका रेकिटले पहिलो गोल गरे । बार्सिलोनाका लागि दोस्रो गोल स्वारेजले ८० औं मिनेटमा गरेका थिए ।
त्यस्तै रियल म्याड्रिडले रियल सोसिडाडलाई १–० ले हरायो । रियललाई उपाधि होडमा कायम राख्न खेलको एक मात्र गोल ग्यारेथ बेलले ८० औं मिनेटमा गरेका थिए । यस्तै एथ्लेटिको म्याड्रिडले रायो भालकानोलाई १–० ले नै हरायो ।

स्पेनिस ला लिगा रोमाञ्चक : बार्सिलोना, रियल म्याड्रिड र एथ्लेटिको म्याड्रिड विजयी Reviewed by marumala srinu on 7:33 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.