Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

गाउँको अनुदानबाट सहरमा घर !

१९ वैशाख, काठमाडौं । सरकारले गाउँमा भूकम्पबाट क्षति भएर पाउने अनुदानवाट सहरी क्षेत्रमा घर बनाउन पाउने गरी छुट दिएको छ ।
सरकारले दिइने अनुदानबाट सम्वन्धित क्षेत्रमै घर बनाउनुपर्ने व्यवस्था गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अनुदानसम्वन्धी कार्यविधिलाई संशोधन गर्दै सो अनुदानबाट सहरी क्षेत्रमा घर बनाउन पाउने छुट दिएको अाजको राजधानी दैनिकमा समाचार छ ।
‘भूकमपबाट घर क्षतिपाउने अनुदानको सम्झौता गर्ने बखतमा सम्वन्धित पीडितले सोही गाँउको सट्टा छिकेकी गाबिस वा सहरी क्षेत्रमा घर बनाउने चाहे अनुदान दिने गरी कार्य विधि तयार गरिएको छ ।
पुनर्निर्माण प्राधिकरणका प्रवत्ता रामप्रसाद थपलियाले भने ‘अनुदान सम्झौताको बखत पीडितले सहरी क्षेत्रमा रहेको लालपुर्जाको फोटोकपी भने उपलव्ध गराउनुपर्नेछ । ‘
यो निर्णय अनुसार सम्बन्धित पीडितको नाममा सहरमा जग्गा भए वा निजले अनुदान सम्झोता गर्नुअघि नै ज्ग्गा खरिद गरे सो अनुदान सहरी क्षेत्रमा रहेको जग्गामा घर बनाउन उपयोग गर्न पाउनेछ ।

गाउँको अनुदानबाट सहरमा घर ! Reviewed by marumala srinu on 7:27 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.