फटाहा र अपराधीलाई राजनीतिक संरक्षण दिने संस्कार तोड्नुपर्छः भट्टराई
नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले फटाहा र अपराधीलाई राजनीतिक संरक्षण दिने राजनीतिक अभ्यासले मुलुकमा दण्डहिनता बढेको बताएका छन्।
१ सय २७ आैं मई दिवसको अवसर पारेर नयाँ शक्ति नेपालले शनिवार इटहरीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘अदालतले दोषी ठहर गरेका व्यक्तिलाई राजनीतिक संरक्षण दिएकाले दण्डहिनता बढेको छ। नयाँ शक्तिले फटाहा र अपराधीलाई संरक्षण दिँदैन।’
उनले नयाँ शक्तिले अदालतले आफ्नै नेता कार्यकर्तालाई पनि दोषी देखाएका तत्काल निलम्बन गर्ने र आर्थिक प्रलोभनमा फसेका कार्यकर्तालाई संरक्षण नदिने बताए। ‘फटाहा र अपराधीलाई राजनीतिक संरक्षण दिएर असल राजनीतिक संस्कार विकास हुँदैन,’ उनले भने।
‘एमाले कांग्रेस र एमाओवादीजस्ता पुराना दलहरुले नयाँ नेपालको विकास र आमूल परिवर्तनका लागि सिन्को भाँच्न सकेनन्’ उनले भने,‘संसद खच्चड र खिचडीजस्तो भएको छ र यही पुरानो ढर्रा र प्रणालीबाट देशको विकास समभव हुँदैन।’ नयाँ संविधान घोषणापछि पनि कार्यान्वयन गर्न नसक्नु दलहरुकै कमजोरी रहेको भन्दै उनले जनताले अहिलेसम्म लोकतन्त्रको महसुस गर्न नसकेको बताए।
‘देश विकास र परिवर्तन गर्ने भिजन भएका नेताहरु नयाँ शक्तिमा प्रशस्तै छन्,’ भट्टराईले भने, ‘हामीले जनताले साथ दिनुहुन्छ भन्ने पूर्ण विश्वास छ।’ उनले नयाँ शक्ति दश वर्षभित्र स्वदेशका कुनै पनि नागरिक बेरोजगार र गरिब नहुने अभियानमा लागिसकेको बताए।
फटाहा र अपराधीलाई राजनीतिक संरक्षण दिने संस्कार तोड्नुपर्छः भट्टराई
Reviewed by marumala srinu
on
7:21 PM
Rating:

No comments: