काबुल आक्रमणमा कम्तिमा २४ जना मारिए
एजेन्सी: अफगानिस्तानको राजधानी काबुलमा मंगलबार भएको तालिबानको आत्मघाती हमलामा कम्तिमा २४ जनाको ज्यान गएको छ । ु
अधिकारीका अनुसार यो आत्मघाती हमला अफगानी जासुससी संस्थाको कार्यालय नजिकै भएको हो ।
पूल ए मेहमुद खान क्षेत्रमा विस्फोट भएको थियो । यसस इलाका अमेरिकी दूतावास पनि रहेको छ।यो आक्रमणको आवाज यति ठूलो थियो कि दूतावासको साइरन समेत बजेको थियो । तालिबानले यो हमलाको जिम्मेवारी लिएको छ।
अफगानिस्तानका असरफ घानीले हमलाको निन्दा गर्दै यसलाई कायरतापूर्ण आतंकवादी हमलाको संज्ञा दिएका छन् । पुल ए मेहमुद खान क्षेत्रमा विस्फोट हुँदाको आवाज कयौं माइल परसम्म सुनिएको थियो ।
काबुल आक्रमणमा कम्तिमा २४ जना मारिए
Reviewed by marumala srinu
on
1:17 AM
Rating:

No comments: