Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

गार्इका लागि पत्नीसँग डिभोर्स

कुनै मुस्लिम धर्माबलम्बीले गाइका लागि आफ्नै श्रीमतीलाई छाडेको कुरा सुन्दैमा अनौठो लाग्न सक्छ । बरु हिन्दु धर्मावलम्बीले यसो गरेको भए धार्मिक हिसाबले गर्यो भन्नु हुन्थ्यो । आखिर मुस्लिमले गाइका लागि किन श्रमितीलाई छाडे ?

हो, भारतको उत्तरप्रदेशस्थित इतावा जिल्लाका एक मुस्लिम किसानले आफ्ना १४ वटा गाइका लागि श्रीमतीलाई नै छाडेका छन् ।

मुन्ना भनिने अफाक अलीको यो कथा यद्यपि १३ वर्ष पूरानो हो । तर हालै हिन्दुवादीहरुले गाइको निहुँमा मुस्लिममाथि आक्रमण गर्न थालेपछि उनले आफ्नो त्यो यथार्थ कथा बल्ल अहिले आएर सार्वजनिक गरेका हुन् ।

गौहत्या तथा गाइको मासु खानेहरुमाथि भारतका विभिन्न राज्यमा पछिल्लो समय हिन्दु अतिवादीहरुले आक्रमण तिव्र पारेपछि अफाकको चित्त दुखेको छ ।

१३ वर्षअघिको कुरा हो । १४ वटा गाइ पाल्दै आएका मुन्नाको जिवनमा ठूलै समस्या आइलाग्यो । उनकी पत्नीले कि त मलाई छाड, कि त गाई पाल्न छाड भनेर धम्क्याइन् ।

मुन्नाले श्रीमतीलाई रोजेनन् गाइलाई नै रोजे । त्यसपछि उनको श्रीमती अफरोज जाहनसँग तलाक भयो ।

स्थानीय पन्चायतले लोग्नेस्वास्नीको झगडा मिलाउने कोसिस गर्यो । तर मुन्नाले कुनैपनि हालतमा गाइलाई छाड्ने कुरा स्विकार्न सकेनन् । गाइको माया मार्न नसकेपछि उनी स्थानीय गाउँलेबाटै खतरा महसुस गरे र घर छाडेर हिँडे ।

५५ वर्षका मुन्नाले आफु १५ वर्षको हुँदादेखि नै गाई पाल्न थालेका हुन् । पवित्र जनावर गाइलाई ३० वर्षदेखि स्याहार सुसार गर्न पाएकोमा उनी आफुलाई भाग्यमानी ठान्दछन् ।

कतिपय गाउँलेहरुले अहिले आएर आफ्नो गाइप्रतिको समर्पणको प्रसंसा गरेपनि कतिपय आफन्तले भने गाइका लागि स्वास्नी त्यागेको कुरामा आलोचना गर्ने गरेका छन् ।

तर श्रीमतीले सधै आफुलाई गाइ बेच्न भनेर करकर गरेपछि आफुले श्रीमती छाडेको उनको प्रष्टोक्ति छ ।

गार्इका लागि पत्नीसँग डिभोर्स Reviewed by marumala srinu on 12:40 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.