Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

नेपाली सेनाको ‘हाई इनर्जी बिस्कुट’ खरिद प्रकरणमा छानबिन सुरु

संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले नेपाली सेनाको ‘हाई इनर्जी बिस्कुट’ खरिद प्रकरणमा छानबिन सुरु गरेको छ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले यस बिषयमा थप छलफल गर्न आगामी बैठकमा रक्षा मन्त्री भीम रावललाई बोलाउने निर्णय गरेको छ। समितको बैठमा यस विषयमा छलफल गरेपछि समितिका केही सदस्यहरुले असन्तुष्टिसमेत जनाएका छन् ।

कांग्रेस सांसद महालक्ष्मी उपाध्याय ‘डिना’ र चन्द्र महर्जन तथा एमालेका नागेन्द्र चौधरीले सर्वोच्च अदालतमा सो मुद्दा विचाराधिन  रहेको भन्दै छलफल गर्न नमिल्ने बताएका थिए।

रक्षा मन्त्रालयका निमित्त सचिव लगायतकाले पशुपति बिस्कुटसँग सेनाले सोझै सम्झौता गर्दा ४२ करोड रुपैयाँ नाफा हुने दाबी गरेका छन् । सेनाले चौधरी ग्रुपको पशुपति बिस्कुटसँग हाई इनर्जी बिस्कुट’ खरिद गर्नका लागि सम्झौता गरेको छ।



नेपाली सेनाको ‘हाई इनर्जी बिस्कुट’ खरिद प्रकरणमा छानबिन सुरु Reviewed by marumala srinu on 2:58 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.