४ जीबी र्याम, क्यामरा र स्पीकर जडित माउन्टेन बाइक
चिनियाँ कम्पनी लीकोले निर्माण गरेको ‘ली सिभ्र्याक’ स्मार्टफोन जडित माउन्टेन बाइक हो।
विश्वमा लीको कम्पनी तिव्रगतिमा लोकप्रिय हुँदै गइरहेको छ। कम्पनीले हालै ड्राइभरलेस इलेक्ट्रिक कार पेश गरेको छ।
‘ली सिभ्र्याक’ कम्पनीको चर्चित उत्पादनमध्ये एक हो। यसको ह्याण्डल बारमा ४ इन्चको डिस्प्ले छ जुन गुगलको एन्ड्रोइड फ्टिवेयरमा चल्छ।
ह्याण्डलबारमा जडित स्मार्टफोनमा क्वाड कोर प्रोसेसर र ४ जीबी र्याम छ। यसबाहेक यो माउन्टेन बाइकमा लेजर प्वाइन्टर, हर्ट रेट सेन्सरका साथै बिल्ट इन स्पीकर र क्यामरा छ।
‘ली सिभ्र्याक’ मा भएको लेजरले दुवैतर्फ रातो प्रकाश छोड्छ जसले राइड सुरक्षित हुने कम्पनीको भनाइ छ। चीनमा उपलब्ध यसको मूल्य करिब ८५ हजार रुपैयाँ पर्छ।
४ जीबी र्याम, क्यामरा र स्पीकर जडित माउन्टेन बाइक
Reviewed by marumala srinu
on
5:31 AM
Rating:

No comments: