भरुवा बन्दुकसहित पक्राउ
मोरङ / मोरङको पथरी शनिश्चरे नगरपालिका-८ बाट सोमबार प्रहरीले एक थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका ४० वर्षीय राम अर्याल छन्। शनिश्चरे नगरपालिकाबाट-८ स्थित जिरीखिम्ती जंगलमा अचानक फायरिङको आवाज आएपछि इलाका प्रहरी कार्यालय पथरीबाट गएको प्रहरी टोलीले भरुवा बन्दुकसहित अर्याललाई नियन्त्रणमा लिएको पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
सोही क्रममा प्रहरीले एसएलआरबाट दुई राउण्ड जवाफी फायरसमेत गरेको उक्त कार्यालयले जनाएको छ। पक्राउ परेका अर्याललाई आवश्यक अनुसन्धानका लागि इप्रका पथरीमा राखिएको बताइएको छ।
भरुवा बन्दुकसहित पक्राउ
Reviewed by marumala srinu
on
5:35 AM
Rating:
Reviewed by marumala srinu
on
5:35 AM
Rating:

No comments: