Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

५ सय जनाका लागि सरकारी जागिर खुल्यो

काठमाडौं, १५ बैशाख । सरकारले पाँच सय जनाका लागि सरकारी जागिर खुलाएको छ । सरकारले पशु सेवा तथा स्वास्थ्य प्राविधिक तर्फ पाँच सय जनाका लागि आवेदन माग गरेको हो ।
पशु प्राविधिक अन्गरत जेटीएकोर्स पूरा गरेकालाई अवसर प्रदान गर्दै सरकारले ‘एक गाउँ, एक पशु सेवा प्राविधिक’ कार्यविधि अन्तर्गत पाँच सय जना पशु सेवा तथा स्वास्थ्य प्राविधिक पदमा दरखास्त आवेदन माग गरेको हो ।
सार्वजनिक सूचना अनुसार नायव पशु सेवा प्राविधिकमा दुई सय ५० जना र नायव पशु स्वास्थ्य प्राविधिकमा पनि समान दुई सय ५० जना गरी कुल पाँच सय जना माग गरेको हो ।
पशुविकास मन्त्रालय अन्तर्गत पशुसेवा विभागले जिल्ला अनुसार छुट्टाछुट्टै कोटा निर्धारण गरेर पाँच सय प्राविधिक भर्ना गर्न लागेको हो ।उक्त पदमा ईच्छुक व्यक्तिले यही वैशाख २९ गतेसम्म आवदेदन दिनुपर्ने जनाएको विभागले एसएलसी उर्त्तीण भएर पुश विज्ञान, पशु स्वास्थ्य र पशुपालनमा जीटिए पास गरेको वा यही विषयमा एसएलसी उर्त्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख गरेको छ ।

५ सय जनाका लागि सरकारी जागिर खुल्यो Reviewed by marumala srinu on 5:39 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.