Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

ओलीले यी मन्त्रीलाई बर्खास्त गरे, नयाँलाई आजै सपथ खुवाउने तयारी

Biraj-Bista

काठमाडौँ, १५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्टलाई बर्खास्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य विष्टलाई सरकारबाट फिर्ता बोलाउन आग्रह गरेपछि बुधबार ओलीले विष्टलाई पदमुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

राप्रपा नेपालले सांसद रेशम लामालाई उक्त पदमा सिफारिस गरिसकेको छ । उनलाई आजै साँझ प्रधानमन्त्रीले पद तथा गोपनियताको सपथ गराउने कार्यक्रम छ ।

पार्टीले यसअघि नै पार्टीको नीति विपरित अभिव्यक्ति तथा गतिविधि गरेको भन्दै विष्टलाई मन्त्री पदबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । रासस



ओलीले यी मन्त्रीलाई बर्खास्त गरे, नयाँलाई आजै सपथ खुवाउने तयारी Reviewed by marumala srinu on 3:38 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.