Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

पूर्वराजा ज्ञानेन्द्र अचानक भारततिर

काठमाडौं । लामो समयदेखि चुपचाप बसेका पूर्वराजा ज्ञानेन्द्र शाह अचानक भारत भ्रमणमा गएका छन् ।

निजी सचिव सागर तिमिल्सिनाका साथमा उनी बिहीवार दिउँसो करिब साढे ४ बजे इन्डियन एयरलाइन्सबाट भारतको नयाँ दिल्ली गएको आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

पूर्वराजाले सशस्त्रका निजी अंगरक्षक डीएसपी गगन श्रेष्ठ र शाही अर्दली हस्तबहादुर थापालाई पनि सँगै लगेका छन् ।

मुलुकमा राजतन्त्र र्फकन सक्ने हल्ला चलिरहेका बेला विशेष कारण देखाउँदै पूर्वराजा अचानक भारत भ्रमणमा जानु अति महत्वपूर्णरुपमा  लिइएको छ ।

उनले भारतमा उच्च राजनीतिक भेटघाट गर्ने सम्भावना रहेको दरबार उच्च स्रोतले जनाएको छ । उनी आजै र्फकने कार्यक्रम रहेकोछ ।

यसअघि गएको पुसमा थाइल्याण्ड भ्रमणमा गएका पूर्वराजाले भारतका उच्च राजनीतिज्ञहरुसँग थाइल्याण्डमै भेटघाट गरेका थिए । ‘बिहीबारमात्रै अचानक भारत भ्रमणमा जाने कुरा चल्यो, उच्च स्रोतले भन्यो,’तबमात्रै तयारी गर्यौं ।’

करिब एक महिना थाइल्याण्ड बसाइपछि नेपाल फर्किएका पूर्वराजा पछिल्लो समय कुनै भेटघाट गरेका थिएनन्


पूर्वराजा ज्ञानेन्द्र अचानक भारततिर Reviewed by marumala srinu on 6:02 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.