जापानमा नेपाल मन्दिरको उद्घाटन
बैशाख १६
कोवे–जापानको कोवेस्थित सुमादेरा मन्दिरमा नेपालको स्वयम्भूनाथ स्तुपा शैलीमा नयाँ मन्दिरको निर्माण भएको छ । लगभग ९ करोड लागतमा निर्माण भएको सो स्तुपा मन्दिरको प्रसिद्घ नेपाली लामा गुरु रत्न भाजु रिन्पोचे र सुमादेरा मन्दिरको प्रमुख कोइके कुउसानद्घारा शुभद्घाटन भएको थियो ।
नेपालमा बैशाख १२ गते (अप्रिल २५) गएको महाविनाशकारी भूकम्प गएको एक वर्ष पुगेको दिन अर्थात् बैशाख १२ र १३ गते जापानको कोवे शहरमा एक भव्य कार्यक्रमका साथ उक्त मन्दिरको उद्घाटन भएको हो । महाभूकम्पका कारण नेपाल र नेपालीले पाउनु परेको असह्य दुःखमा मलम लगाउने र दुई देशको मित्रता बढाउने उद्देश्यले यस मन्दिरको स्थापना भएको हो ।
सयौं जापानीज नागरिकको उपस्थिति रहेको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि भाजु रिन्पोचेले आजको यो विशेष पूजाले नेपाल र जापानको सम्बन्ध अझै गाढा भएको बताउँदै–यो पवित्र कामको लागि यत्ति धेरै सहयोग गर्नुहुने सुमादेरा मन्दिर सदासदाको लागि धन्यवादको पात्र भएको छ र हामीबाट पनि सुमादेरा मन्दिरको लागि पर्ने सहयोग गर्न तत्पर रहेको बताए । त्यस्तै एनआरएनका पूर्व अध्यक्ष तथा यस कार्यक्रमका नेत्तृवकर्ता देवमान हिराचनले आजको यो पूजाले म एकदमै खुसी छु ।
महाभूकम्पबाट एक वर्ष अगाडी आज कै दिन हाम्रा नेपालीले ठूलो क्षति र संकट वेहोर्नुपरेको थियो, त्यसको सम्झनामा आज र भोलि पूजा, प्रार्थना ग¥यौं र हाम्रो नेपालीलाई भूकम्पले पारेको छेदविछेद र नोक्सानीलाई शोकमा हैन शक्तिमा बदलेर नेपाली भएर संसारमा चिनाउ भन्ने अभिव्यक्ति दिनु भएको थियो । कार्यक्रममा जापानका विभिन्न प्रसिद्घ लामा गुरुबाट पूजा र नेपालको सुख शान्तिको लागि शुभकामना दिएका थिए ।
जापानमा नेपाल मन्दिरको उद्घाटन
Reviewed by marumala srinu
on
5:48 PM
Rating:
Reviewed by marumala srinu
on
5:48 PM
Rating:

No comments: