बाबा रामदेव खर्बपति बन्दै
नयाँ दिल्ली— विश्वभरि बाबा रामदेवको नाम योगका गुरुका रुपमा प्रख्यात छ। पछिल्लो समय उनको पतञ्जली आयुर्वेदले उनलाई कर्पोरेट बाबाको रुपमा स्थापित गर्दै लगेको अन्तरार्ष्ट्रिय मिडियाहरु बताउँछन्।
रामदेवको आम्दानीको मुख्य स्रोत पतञ्जलीका आयुर्वेदिक उत्पादन हुन्। गत वर्षहरुजस्तै पतञ्जलीले सन् २०१६ को लक्ष्य पूरा गरे बाबारामदेव यो वर्ष खर्बपति बन्नेछन्। पत्याउनुहुन्छ सन् २०१६ मा पतञ्जलीले १ खर्ब भारु (करिब १ खर्ब ६० अर्ब नेपाली रुपैयाँ) टनओभर पुर्या उने लक्ष्य लिएको छ।
रामदेवले दिल्लीमा पत्रकार सम्मेलन गर्दै पतञ्जलीको प्रगतिबारे जानकारी दिएका हुन्। 'पतञ्जलीले सेवा र सिद्धान्तको ख्याल गरेको छ। कम मूल्यमा विश्वस्तरका उत्पादन दिनु हाम्रो मुख्य विशेषता हो।' एक लाखभन्दा बढीलाई पतञ्जलीले रोजगारी दिइरहेको छ। बजार विस्तार भए पनि आफ्ना उत्पादनमा अश्लिलता, सपना र ग्लामर नहुने उनले बताए।
गोलकेट र नेस्लेजस्ता कम्पनीलाई पतञ्जलीले अप्ठ्यारोमा पारेको उनको भनाइ थियो।
गत वर्ष पतञ्जलीको टनओभर ५० अर्ब भारु थियो। १ मार्च २०१२ मा आएको रामदेवको कम्पनीले चार वर्षमा १ हजार १०० प्रतिशतको वृद्धि हासिल गरेको हो। कम्पनी सुरु गरेको वर्ष ४ अर्ब ४६ करोडको कारोबार गरेको थियो। पतञ्जलीले बजार अनुसन्धानका लागि १ अर्ब रुपैयाँ छुट्याएको छ। पाँच अर्ब रुपैयाँ गाईको सेवा, वैदिक तथा आधुनिक शिक्षामा लगानी गरेको छ।
पताञ्जलीले गाईको घ्यूको नयाँ बजार सिर्जना गरेको थियो।
बाबा रामदेव खर्बपति बन्दै
Reviewed by marumala srinu
on
6:04 PM
Rating:

No comments: