Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

सन्दीपलाई हङकङ ट्वान्टी–२० क्रिकेटमा मौका

काठमाडौं– नेपाली यू १९ क्रिकेटका स्टार टोलीका बलर सन्दीप लामिछानेले हङकङको ट्वान्टी–२० क्रिकेट लि खेल्ने भएका छन् ।

वैशाख ४ गते कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको नामिवियाविरुद्धको विश्व क्रिकेट लिग च्याम्पियनसिपमार्फत सन्दीपले राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका थिए । हङकङको मिसन रोडमा मे २७ देखी दुई दिनसम्म चल्ने हङकङ ट्वान्टी–२० ब्लिट्ज प्रतियोगितामा चार फ्रेन्चाजी टोलीले प्रतिस्पर्धा गर्नेछन् । त्यसमा सन्दिप काउलुन क्यान्टोनस्बाट खेल्नेछन् ।

लेग स्पिनर सन्दिपले गत बर्ष बंगलादेशमा सम्पन्न यू–१९ विश्वकप क्रिकेटमा १४ विकेट लिएका थिए । राष्ट्रिय टोलीको डेब्यू खेलमा १ विकेट लिएका सन्दीपले वैशाख ६ मा नामिवियाविरुद्धकै अर्को खेलमा २ विकेट आफ्नो नाममा लेखाएका थिए ।


सन्दीपलाई हङकङ ट्वान्टी–२० क्रिकेटमा मौका Reviewed by marumala srinu on 6:07 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.