खडेरीले तीन सय बढी गाई भैँसी मरे
न्योमपेन्हः कम्बोडिली प्रधानमन्त्री हुन सेनले मुलुकमा जारी लामो खडेरी र सुक्खाको कारण तीन सय भन्दा बढी गाई भैँसीलगायतका चौपायाहरु मरेको बताएका छन् ।
स्थानीय एक विश्वविद्यालयको दीक्षान्त समारोहको उद्घाटनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रचण्ड गर्मीका कारण ती पशुहरुको मृत्युभएको बताए ।
यस दैवी विपत्तीको सामाना गर्न सबै जनता एक जुट हुन समेत उनले आह्वान गरेका छन् ।
क्याम्बोडियाको विभिन्न स्थानमा खडेरी सुक्खाका लागि पशुहरु धमाधम मर्न थालेका छन् ।
मुलुकले विगत ४० वर्षका नदेखेको लामो खडेरी यस वर्ष देखिएकोले सरकारी कर्मचारी, सुरक्षाकर्मी, गैरनाफामूलक संस्था, राजनीतिक दलहरु, निजी क्षेत्रका कम्पनीहरु सबैलाई सुख्खाग्रस्त क्षेत्रमा पुगी त्यहाँ जनतालाई पानी वितरण गरी राहत दिन समेत प्रधानमन्त्तीले आह्वान गरे ।
क्याम्बोडियोका कतिपय प्रान्तहरुमा पहिले कहिल्यै रेकर्ड नगरिएको तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेको छ ।
राष्ट्रियदैवी प्रकोप व्यवस्थापन केन्द्रका प्रवक्ता कियो भिले मुलकका २५ वटा महानगर मध्ये १८ वटा ले पानीको चरम अभाव भोग्नु परेको र यसबाट लाखौँ जनता प्रभावित भएको बताएका छन् ।
‘एल निनो’ नामक मौसमी अवस्थाका कारण मुलुकले आगामी जुलाई नआउन्जेलसम्म यस्तै प्रचण्ड गर्मि र अनावृष्टिबाट पीडित हुनुपर्ने समेत भविष्यवाणी गरेका छन् । एजेन्सी
खडेरीले तीन सय बढी गाई भैँसी मरे
Reviewed by marumala srinu
on
7:01 PM
Rating:

No comments: