Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

बर्सेनि दुई हजार औलोका बिरामी

काठमाडौँ– अहिले पनि नेपालमा बर्सेनि करिब दुई हजार प्रयोगशाला प्रमाणित औलोका बिरामी भेटिने गरेका छन् ।

औलो रोग सङ्क्रमित पोथी एनोफिलिज लामखुट्टेको टोकाइबाट लाग्ने र यो रोगबाट गर्भवती महिला तथा पाँच वर्षमुनिका बालबालिका बढी जोखिम हुने चिकित्सकको भनाइ छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले नेपालमा खुला सिमाना र वैदेशिक रोजगारमा गएर फर्केकाबाट औलोको जोखिम भएकाले नियन्त्रणमा समस्या भइरहेको बताए ।

गत वर्ष नेपालमा एक हजार ३५२ औलोका बिरामी भेटिएका थिए । त्यसमध्ये ५५ प्रतिशत नेपालभित्र र बाँकी भारतमा काम गरी फर्केका र अफ्रिकी मुलुकमा शान्ति सेनामा गएका सुरक्षाकर्मीमा औलोको भाइरस भेटिएको थियो ।

निर्देशक डा मरासिनीका अनुसार सरकारले आम सर्वसाधारणलाई औलो रोगबाट जोगाउन यस वर्ष तीन लाख ८६ हजार ५३ थान झुल वितरण गर्दैछ । उनले भने– “कीटनाशक विषादीयुक्त उक्त झुल औलो प्रभावित जिल्लामा बसोबास गर्ने प्रतिदुई व्यक्तिमा एक थानका दरले वितरण गर्ने कार्यक्रम छ ।”

सरकारले सन् २०१८ सम्ममा देशबाट औलो नियन्त्रणमा लिने उद्देश्यअनुरुप लामखुट्टेबाट जोगाउन झुल वितरण कार्यक्रमलाई निरन्तरता दिएको हो ।

महाशाखाले सन् २००२ देखि हालसम्म ३४ लाख ६४ हजार ८६७ थान झुल वितरण गरिसकेको छ । निर्देशक डा मरासिनीले संसारबाटै औलो उन्मूलन गर्ने योजनाअनुरुप नेपालले औलो नियन्त्रण गर्न आवश्यक कदम अघि बढाइरहेको बताए ।

विश्व स्वास्थ्य सङ्गठनका डा प्रकाश घिमिरेले विश्वबाटै औलो नियन्त्रण उन्मुख भइरहेको बताउँदै नेपालमा पनि यसका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याए ।

उनले दक्षिण पू्वी एसियाली मुलुकको कुल औलोरोगीमध्ये भारत, इन्डोनेसिया र म्यान्मारको मात्रै जोडदा ९६ प्रतिशत हुने बताए ।

संसारमा पाइने दुई परजीवी फाल्सिपेरम र भाइभेक्स जातको परजीवी मात्र नेपालमा पाइन्छ । नेपालमा चार वर्षयता औलोका बिरामी भेटिएको भए पनि यसबाट कसैको मृत्यु नभएको महाशाखाको भनाइ छ ।



बर्सेनि दुई हजार औलोका बिरामी Reviewed by marumala srinu on 8:14 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.