Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

‘चीन र कोरियाको मोडलमा नेपालको विकास हुन्छ’

‘पुनःनिर्माणमा स्वयम्सेवक खटाउन प्रतिस्पर्धा गरौँ’
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालको विकास चीन र कोरियाको मोडलमा गरेर देखाउनुपर्ने बताएका छन् । 
 
पुनःनिर्माणका लागि खटिएका इञ्जिनियरलाई बिदाइ गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बुधबार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले देश बनाउन चीन र कोरियाको विकस मोडल अपनाउनुपर्ने बताएका हुन्। 
 
‘कुनै पनि मुलुक त्यहाँका जनता आफैँले बनाउँछु भनेपछि मात्र बन्छ, अर्कोले आएर बनाउँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘चीन, कोरिया, भारत त्यही बाटोमा छन् । हामी पनि विश्वलाई देखाउने गरी त्यही मोडलमा मुुलुक निर्माणमा लाग्नुपर्छ ।’ 
 
ओलीले भूकम्पपछिको पुनःनिर्माण अभियानमा स्वयम्सेवक खटाउने कार्यमा प्रतिस्पर्धा गर्न राजनीतिक दललाई आह्वान समेत गरेका छन् । 
 
ओलीले भने, ‘कुरा काट्न र कुरा पिट्न जान्ने सबैलाई एक महिना गाउँगाउँमा गएर पुनःनिर्माणमा लाग्न आह्वान गर्छु । सबै दलले कहिलेदेखि कति कार्यकर्ता खटाउने त्यसका हामी प्रतिस्पर्धा गरौँ, नेपाल जुरुक्कै उठ्न सक्छ ।’
 
नयाँ जिम्मेवारीसहित खटिने इञ्जिनियरलाई पीडितसमक्ष गएर ‘देवदूत’ को रुपमा काम गर्न आग्रह गर्दै उनले पुनःनिर्माण र नवनिर्माणको यस अभियानले मुलुकबाहिर रहेका युवालाई पनि स्वदेशमा फर्काएर काम दिन सरकार लागि परेको बताए ।
 
गत वर्ष एमालेले एक महिनासम्म दैनिक ३० हजारका दरले स्वयम्सेवक परिचालन गरेको उल्लेख गर्दै उनले अब एक इञ्जिनियरका साथ कम्तीमा १० स्वयम्सेवक खटाउनुपर्नेमा जोड दिए । 
 
भूकम्प प्रभावित क्षेत्रका जनतामा भोकमरी भएमा पनि खबर र सहयोग गर्न आग्रह गर्दै उनले भने, ‘कोही पनि नेपाली खान नपाएर मर्नु हुँदैन । सरकार साथमा छ ।’ 
 
तेह्र सय इञ्जिनियर खटिए 
 
प्राधिकरणले सहरी विकास मन्त्रालयअन्तर्गत पुनःनिर्माणका लागि एक हजार ३४७ इञ्जिनियर खटाएको छ ।
 
 प्राप्त तीन हजार आवेदकमध्येबाट सो सङ्ख्यामा छनोट गरिएको र त्यत्तिकै सङ्ख्यामा सवइञ्जिनियर खटाइएको मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले जानकारी दिए । 
 
ती प्राविधिकले प्रभावितले पाउने घर निर्माणको अनुदान रकम वितरणमा प्राविधिक सहयोग गर्नुका साथै घर निर्माणका डिजाइनमा सल्लाहकारीय भूमिका निर्वाह गर्नेछन् । ती प्राविधिक कम्तीमा एक गाविस एकका दरले जानेछन् । 
 
सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाही र सहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरीले विपद् न्यूनीकरणको जिम्मेवारीसहित पुनःनिर्माणको अभियानमा खटिने प्राविधिकलाई सफलताको शुभकामना दिए। 
 
प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले भूकम्पपीडित प्राविधिकलाई बाटो पर्खिएर हेरिरहेकाले पीडितको घरमा पुगेर परिवारको सदस्यसरह काम गर्न सक्षम हुने अपेक्षा गरे । रासस 


‘चीन र कोरियाको मोडलमा नेपालको विकास हुन्छ’ Reviewed by marumala srinu on 2:54 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.