हृदयन्द्रलाई बेबिकिङ बनाउन नयाँदिल्लीमा गोप्य सहमति !
काठमाडौं, १८ वैशाख । भारतको निम्तो मान्न अचानक नयाँदिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन् ।
बिहीवार चाढे चार बजे अपर्झट भारत गएका पूर्वराजा ज्ञानेन्द्र नेपाल फकिएका हुन् । निजी सचिव सागर तिमल्सिना, निजी अंग रक्षक डीएसपी गगन श्रेष्ठ र शाही अर्दली हस्तबहादुर थापालाई पनि लिएर भारत गएका पूर्वराजा शाहले गोप्य भेटघाट गरेका छन् ।
श्रीमतीको उपचारमा भारत गएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा नेपाल फर्किए लगत्तै पूर्वराजा शाह भारत गएका हुन् ।नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
मधेसबादी दलले २६ बुँदे मागसहित पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएपछि सो विषयमा छलफल गर्न समेत पूर्वराजा भारत गएको हुन सक्ने आंकलन गरिएको छ ।
भारतले नेपालको संविधानलाई पूर्ण समर्थन नगरेको अवस्थामा पूर्वराजा अचानक भारत भ्रमणमा जानु अति महत्व रहेको राजाबादीको विश्लेषण रहेको छ ।
राजतन्त्र फर्के पनि आफू राजा नभई १२ वर्षे नाति ह्दयेन्द्रलाई सेरेमोनियल किङ बनाउनका लागि परेका पूर्वराजाले भारत भ्रमणका क्रममा सो विषय उठाने गरेको उच्च स्रोतले जनाएको छ ।
अति गोप्य राखिएको सो भ्रमणमा हिन्दु राष्ट्रको विषयमा समेत छलफल भएको बुझिएको छ ।
हृदयन्द्रलाई बेबिकिङ बनाउन नयाँदिल्लीमा गोप्य सहमति !
Reviewed by marumala srinu
on
7:20 PM
Rating:

No comments: