Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

काठमाडौंबाट दोहा उड्दै गरेको बिमान झन्डै…

काठमाडौं, १८ वैशाख । नेपाल वायुसेवा निगमको जहाज चढेर दोहा उड्न विहीबार साँझ ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यात्रुहरुले ६ घन्टाको पर्खाईपछि अर्को दिनको बिहान २ बजे फर्केर राजधानीकै होटल बास बस्नुपर्ला भनेर सायदै कल्पना गरेका थिएनन् ।
तर, निगमको इन्जिनियरिङ्ग व्यवस्थापकीय लापरबाहीका कारण उक्त उडानमा रहेका १ सय ९० यात्रुले यस्तै सास्ती भोग्नुपर्यो । जो शुक्रबार साझसम्म पनि काठमाडौंमै थिए ।
निगमको दोहा उड्न तयार रहेको रजिस्ट्रेसन भएको जाहाजको मौसम रडार प्रणालीमा देखिएको सामान्य खराबी बेलैमा मर्मत नहुँदा नेपालीसहितका यात्रुहरुले रातभर दुःख झेल्नुपर्यो ।
गण्डकी नाम दिइएको उक्त विमानको दोहा उड्ने तालिका ११ बजेर २० मिनेटमा थियो । तर, २ बजेसम्म पनि उड्न नसकेपछि यात्रुहरुलाई होटलमा राखियो ।
राति केहीलाई न्यूरोड त केहीलाई गौशालाका मध्यमस्तरीय होटलमा सुताइयो ।
‘राति १२ बजे वन्द हुने विमानस्थललाई लिखित अनुरोध गरेर २ बजेसम्म खुलाइए पनि कामै लागेन’, निगम स्रोतले भन्यो ।
स्रोतका अनुसार, दोहाका लागि उड्ने उक्त विमानमा जब क्याप्टेन आरजेबी राणाको टिम ककपिटमा पुग्यो । उनीहरुले राडारमा समस्या रहेको थाहा पाए ।
आफूअघि उक्त जहाजलाई भारतको बैंलोर पुर्याएर ल्याएका क्याप्टेनले रडारमा खराबी देखिएको रिपोर्ट लगबुकमा लेखेको देखेर क्याप्टेन राणाको टिमले जहाजमर्मत गर्न निगमको इन्जिनियरिङ्गलाई भनेको थियो ।
‘रातिको मौसम देखाउने भनेकै जहाजभित्रको वेदर–रडार हो तर त्यसले कामै नगर्ने भएपछि जहाज उडाउनै सकिँदैन’, एक पाइलटले भने ।
ती पाइलटका अनुसार, उक्त जहाजलाई दोहाका लागि उडाउनुअघि क्याप्टेन सुधीर राईले भारतको बैंलोर पुगाएर ल्याएका थिए ।
फर्किदा रडारमा समस्या देखिएपछि क्याप्टेन राईले लगबुकमा लेखि छाडेका थिए ।
बेलुकीमात्रै रडार मर्मतमा लागेको इन्जिनियरिङ्ग विभागले विमानलाई ११ बजेभित्र मर्मत गरी उडानका लागि रिलिज गर्ने जानकारी आफ्नो फलाइट अपरेशन विभागलाई गराइसकेका थिए ।
त्यसै अनुसार, दोहा उड्ने यात्रुलाई चेकजाँच गराइ तयार अवस्थामा राखिएको थियो । तर, इन्जिनियरहरुले ११ बजे होइन शुक्रबार बिहानसम्म पनि उक्त विमानलाई उडानका लागि योग्य बनाउन सकेका थिएनन् ।

काठमाडौंबाट दोहा उड्दै गरेको बिमान झन्डै… Reviewed by marumala srinu on 7:22 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.