मुलुक छाड्दै आईटीका दक्षहरु
काठमाडौं–कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघको महासचिव भइसकेका अमृत पन्त करिब एक वर्ष अघि नेपाल छोडे । सूचना प्रविधि कन्सल्ट्यान्सी नामक कम्पनी चलाएर एक दर्जन प्राविधिकलाई रोजगारी दिइरहेका उनी न्यूजिल्यान्डमा छन् ।
श्रीमतीसहित विदेशिएका पन्त तत्कालै फर्कन सोचमा छैनन् । ‘नेपालमा अवसरै नभएर यता आएको त हैन ।’ शुक्रवार फोनमा भने,‘पारिवारिक कारणसँग नयाँ अवसरका लागि आइयो।’ अध्ययन सकेर उतै आफ्नै व्यवसाय गर्ने वा जागिर खाने सोच बनाएका पन्त आगामी पाँच सात वर्षयता आउने छैनन् ।
क्यानकै द्वितीय उपाध्यक्ष भइसकेका नारायण न्यौपानेले पनि गत साता नेपाल छोडेका छन् । उनले राजधानीका विभिन्न सूचना प्रविधिसम्बन्धी कम्पनीमा काम गरेका थिए । केही सफ्टवेयर कम्पनीमा लगानी समेत थियो उनको । उनी अमेरिकामा स्थायी बसोबासका लागि गएका हुन् । अमेरिकामै बस्ने उद्देश्यले गएका हुदँ उनको नेपाल फर्कने सम्भावना एकदमै न्यून रहेको निकटका व्यवसायीहरु बताउँछन् ।
मुलुक छाड्दै आईटीका दक्षहरु
Reviewed by marumala srinu
on
7:19 PM
Rating:

No comments: