Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

प्रदर्शनकारीले इराकी संसद भवन बाहिर क्याम्प खडा गरे

१९ वैशाख, काठमाडौं । संसदभित्र जबरजस्ती प्रवेश गरेका सयौं शिया मुस्लिम कार्यकर्ताले बग्दादस्थित संसद भवन बाहिर क्याम्प खडा गरेका छन् ।
उनीहरु प्रभावशाली शिया धर्मगुरु मोक्तादा अल सद्रका समर्थक हुन् । उनीहरु यसैसाता ग्रीन जोनको ढोका तोडेर संसदमा प्रवेश गरेका थिए ।
सरकारले बग्दादमा संकटकाल लगाएको छ र प्रदशर्नकारीहरूलार्इ तितरबितर पार्न सुरक्षाकर्मीले अश्रुग्यास छाडेका छन् । तर, मोक्तदाका समर्थकहरु प्रदर्शन नगरिरहेका छन् ।
कुन समय अमेरिकी सेनालाई कडा चुनौती दिएका मोक्तादाका समथर्कले सुधारको माग गर्दै प्रदर्शन गर्दै आएका थिए । प्रधानमन्त्री हैदर अल अबादी दलीय, जातीय र साम्प्रदायिक आधारमा चुनिएका मन्त्रीहरुलाई हटाएर प्राविधिक विज्ञहरुलाई नियुक्त गर्न चाहन्छन् ।
मोक्तदा पनि त्यसकै पक्षमा छन् । तर, संसदका शक्तिशाली पार्टीहरुले त्यसलाई अनुमोदन गर्न अस्वीकार गर्दै आएको बीबीसीले जनाएको छ ।

प्रदर्शनकारीले इराकी संसद भवन बाहिर क्याम्प खडा गरे Reviewed by marumala srinu on 10:53 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.