Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

शक्तिशाली भूकम्पबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ६४६ पुग्यो

क्विटो, इक्वेडरको उत्तरी तटीय क्षेत्रमा गत अप्रिल १६ मा गएको ७.८ रिक्टर स्केलको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ६४६ पुगेको इक्वेडरका राष्ट्रपति राफेल कोरियाले बताउनु भएको छ ।

ek
एक टेलिभिजनमार्फत बोल्दै कोरियाले यस भूकम्पमा परी ६४६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १२ हजार ४९९ जना घाइते भएका र अझै पनि १३० जना बेपत्ता रहेका बताउनुभएको छ । यस भूकम्पबाट सात हजार घर ध्वस्त हुनुका साथै दुई हजार सात सयभन्दा बढी क्षतिग्रस्त भएको छ ।

भूकम्पको कारण २६ हजार ९१ जना व्यक्ति शरणार्थी स्थलमा बस्दै आएका र भूकम्प प्रभावित क्षेत्रमा करिब १४ हजार सुरक्षा अधिकारीहरु तैनाथ रहेका पनि उहाँले बताउनुभएको छ ।

राष्ट्रप्रमुखले शक्तिशाली भूकम्प गएको एक हप्तापछिडी दिनुभएको सदेशमा देशले ७० वर्ष पछाडि यस्तो विपत्ती भोग्नु परेको र अत्यन्त दुःखको यस घडीमा धैर्य राख्नु नै यस विपत्तीबाट मुक्ति पाउने एक मात्र उपाय भएको बताउनुभएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाका अनुसार ७.८ रिक्टर स्केलको मापन गरिएको यो भूकम्पमपछि पनि बारम्बार शक्तिशाली भूकम्पहरु गएको बताइएको छ । रासस÷एएफपी

शक्तिशाली भूकम्पबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ६४६ पुग्यो Reviewed by marumala srinu on 7:34 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.