Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

कश्मीर समस्याको समाधान राष्ट्रसंघको प्रस्ताव अनुसारः पाकिस्तान

नयाँदिल्ली । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको प्रस्तावअनुसार कश्मीरको समस्या समाधान गर्न पाकिस्तानले पुनः प्रस्ताव गरेको छ । भारत र पाकिस्तानका विदेश सचिवस्तरीय बैठकमा पाकिस्तानका अधिकारीहरुले उक्त प्रस्ताव राखेका हुन् ।

india_pak_foreign_secretory

कश्मीर भारत र पाकिस्तानको सीमामा पर्दछ । दुबैले कश्मीरको भूमि आफ्नो भएको दाबी गर्दै आएका छन् ।

नयाँदिल्लीमा आयोजित दुई देशका विदेश सचिवस्तरीय बैठकमा पाकिस्तानका अधिकारीहरुले कश्मिरी जनताको इच्छा र राष्ट्रसंघको प्रस्तावअनुसार समस्याको समाधान खोज्न सकिने बताएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

बैठकमा पाकिस्तानका विदेश सचिव एजाज अहमद चौधरी र भारतका एस जयशंकर नेतृत्वको टोली सहभागी छ ।

पाकिस्तानको विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी चौधरी र जयशंकरबीच जम्मु-काश्मीरका सबै मुद्दामा छलफल भएको उल्लेख छ ।

भारतले बैठकसम्बन्धि तस्वीर मात्रै जारी गरेको छ तर बैठकमा भएको छलफल र सहमतिबारे आधिकारिकरुपमा केही बताएको छैन

कश्मीर समस्याको समाधान राष्ट्रसंघको प्रस्ताव अनुसारः पाकिस्तान Reviewed by marumala srinu on 5:12 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.