Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

दम र रुघाखोकीबाट १६ को मृत्यु

दम र रुघाखोकीका कारण गएको एक महिनाको अवधिमा यस जिल्लाका दुई गाविसमा मात्रै १६ जनाको मृत्यु भएको छ ।

humla
उक्त रोगबाट जिल्लाको स्याडा गाविसमा नौ तथा राया गाविसमा सातजनाको मृत्यु भएको निमित्त जिल्ला जनस्वास्थ्य प्रमुख अमरदीप देवले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त रोगबाट ६० वर्षमाथिका वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

सदरमुकामदेखि करिब सात घण्टाको पैदलदुरीमा रहेका ती गाविसमा रोग फैलिएको जानकारी आएपछि सोमबार डा छवि बास्तोला नेतृत्वको चार सदस्यीय टोलीलाई औषधिसहित त्यसतर्फ पठाइएको निमित्त प्रमुख देवले जानकारी दिनुभयो ।

अहिलेसम्म प्रभावित क्षेत्रका २५० जना बिरामीको उपचार भइसकेको बताइएको छ ।
राससको जिज्ञासामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले भन्नुभयो – ‘‘के कारण मृत्यु भएको हो ? कुन भाइरसका कारण रोग फैलिएको हो ? भन्ने थाहा पाउन बिरामीको रगतको नमुना ल्याउने प्रयास भइरहेको छ ।”
आज विमान उड्न नसकेका कारण भोलि मात्रै नमुनाको परीक्षण हुनसक्ने उहाँको भनाइ छ । रासस

दम र रुघाखोकीबाट १६ को मृत्यु Reviewed by marumala srinu on 5:17 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.