Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

गर्भवतीको मृत्युपछि ओम अस्पताल तनावग्रस्त


काठमाडौंः उपचार गराउने क्रममा गर्भवतीको ज्यान गएपछि काठमाडौंको चाबहिलस्थित ओम अस्पताल तनावग्रस्त भएको छ । 
 
अचानक समस्या आएपछि आइतबार भर्ना भएकी चाबहिलकी सावित्री श्रेष्ठको उपचारका क्रममा सोमबार साँझ ज्यान गएपछि मृतकका आफन्तले वार्ताका क्रममा अस्पतालमा तोडफोड गरेका हुन् । 

चिकित्सकले सावित्रीको मष्तिष्क घातका कारण मृत्यु भएको र यसमा अस्पतालको कुनै लापरबाही नभएको दाबी गरेका छन् । 

तर, मृतकका आफन्त अस्पतालको लापरबाहीका कारण सावित्रीको मृत्यु भएको भन्दै आक्रोशित भएका छन् । 

घटनाको सत्यतथ्य पत्ता लगाउनका लागि मंगलबार दिनभर दुईपक्षबीच वार्ता भएपनि सफल हुन सकेको छैन । 

वार्तामा कुरा नमिलेपछि मृतकका आफन्तले वार्ता भइरहेकै कोठामा तोडफोड गर्नुका साथै एक चिकित्सकलाई कुटपिट गरेका छन् ।

अस्पतालका निर्देशक डा. भोला रिजालले समस्या समाधानका लागि वार्ता भइरहेकाले चाँडै निकास निस्कने बताए । 

गर्भवतीको मृत्युपछि ओम अस्पताल तनावग्रस्त Reviewed by marumala srinu on 5:09 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.