Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

गुजरात शीर्षस्थानमा मजबुद, स्थिमको सतक छायाँमा

शीर्ष ब्याट्सम्यानले सामूहिक प्रदर्शन गरेपछि गुजरात लायन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार राइजिङ पुने सुपर जाइन्ट्सलाई ३ विकेटले हराएको छ । जसका कारण पुनेका स्टिभन स्थिमको पहिलो ट्वान्टी २० सतक छायाँमा परेको छ ।

Gujarat Lions Dwayne Smith (R) watched by Rising Pune Supergiants captain Mahendra Singh Dhoni plays a shot during the 2016 Indian Premier League(IPL) Twenty20 cricket match between Rising Pune Supergiants and Gujarat Lions at The Maharashtra Cricket Association Stadium in Pune on April 29, 2016.   / AFP PHOTO / INDRANIL MUKHERJEE
गुजरातका ड्वान स्थिमको ब्याटिड निल्यादै पुनेका कप्तान महेन्द्रसिंह धोनी ।

१ सय ९६ रनको लक्ष्य पछ्याएका गुजरातले २० ओभरमा ७ विकेट गुमाएर आवश्यक रन बटुलेको थियो । ७ खेलमा छैटौं जितका साथ गुजराज शीर्षस्थामा बलियो बनेको छ । ओपनर ड्वान स्थिम र ब्रेन्डन म्याकलमले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरेपछि गुजरातले बलियो सुरुआत गरेको थियो । स्थिमले अर्धशतक पुरा गरे । ३७ बल खेलेका उनले ९ चौका र १ छक्काको मद्दतमा ६३ रन बनाए । २२ बल खेलेका म्याकलमले ५ चौका र २ छक्कासहित ४३ रन बनाए । कप्तान सुरेश रैनाले ३४ र दीनेश कार्तिकले ३३ रन बनाए । जेम्स फकनर ९ र प्रविण कुमार शून्यमा अविजित रहे । पुनेका अशोक डिन्डा र थिसारा परेरा समान २ र रजत भाटियाले १ विकेट लिए ।
त्यसअघि स्मिथको शतकीय पारिसँगै पुनेले ३ विकेटको नोक्सानीमा १ सय ९५ रन बनाएको थियो ।
५४ बल खेलेका स्थिमले १ सय १ रन बनाएका थिए ।
सौरभ तिवारी (१) आउट भएपछि मैदान उत्रेका स्थिमले दोस्रो विकेटका लागि अजिन्के रहानेसँग १ सय ११ रनको साझेदारी गरेका थिए । ड्वाने बाभ्रोको बलमा आउट हुनुअघि स्थिमले ८ चौंका र ५ छक्का प्रहार गरेका थिए । ट्वान्टी–२० क्रिकेटमा स्थिमको त्यो पहिलो शतक हो । रहानेले अर्धशक पुरा गरे । ४५ बलमा ५ चौकाका साथ उनले ५३ रन बनाए । कप्तान महेन्द्रसिंह धोनीले १८ बलमा २ चौका र त्यत्तिनै छक्कामा अविजित ३० रन जोडे ।
गुजरातका ड्वाने बाभ्रोले पुनेका लागि १ विकेट लिए भने दुई खेलाडी रन आउट भएका थिए । आइपिएलमा शनिबार दिल्ली डेरडेभिल्स र कोलकाता नाइट राइडर्स तथा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पार्ध हुनेछ ।

गुजरात शीर्षस्थानमा मजबुद, स्थिमको सतक छायाँमा Reviewed by marumala srinu on 5:44 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.