भानुआटुमा अर्को ७ रेक्टरको शक्तिशाल भूकम्प
हङकङ– प्रशान्तमहासागरीय राष्ट्र भानुआटुमा शुक्रबार बिहान सबेरै ७.० रिक्टर स्केलको भूकम्प गएको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले सो भूकम्पको जानकारी दिनुको साथै यस भूकम्पबाट सुनामीको चेतावनी समेत दिएको बताइएको छ ।
स्थानीय भूगर्भशास्त्र अध्ययन संस्थाका अनुसार यस भूकम्प ७.३ रिक्टर स्केलको मापन गरिएको थियो ।
भूकम्पको केन्द्रविन्दु भने भूकम्प प्रभावित क्षेत्रको आसपासमै ३५ किलोमिटर गहिराईमा रहेको बताइएको छ ।
सो भूकम्प राजधानी भिलाबाट २०९ किलोमिटरको क्षेत्र अत्यन्त प्रभावित भएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ । भानुआटु अत्यन्त भूकम्पीय प्रकोपले सताउने देशहरु मध्येमा पर्दछ ।
यसै महिनाको सुरुमा पनि भानुआटुमा ६.५ रिक्टर स्केलको भूकम्प गएको थियो । तर त्यस बेला सुनामी चेतावनी भने दिइएको थिएन ।
भानुआटुमा अर्को ७ रेक्टरको शक्तिशाल भूकम्प
Reviewed by marumala srinu
on
5:41 PM
Rating:

No comments: