Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

‘ड्रिम्स’ लिएर भुवन र अनमोल अष्ट्रेलियामा -

वैशाख १६, २०७३- आफ्नो नयाँ फिल्म ‘ड्रिम्स’को अष्ट्रेलिया प्रदर्शनीका लागि अभिनेता तथा निर्माता निर्देशक भुवन केसी र उनका अभिनेता पुत्र अनमोल केसी अष्ट्रेलिया आइपुगेका छन् ।  

नेपालमा सफल बनेको ‘ड्रिम्स’ अष्ट्रेलियाको सिड्नी, मेलबर्न लगायतका सहरहरुमा शुक्रबारदेखि प्रदर्शन गरिदैछ । फिल्मका प्रदर्शनीमा सहभागीहरु उनीहरु अष्ट्रेलिया आइपुगेका हुन् ।

सिड्नीको इभेन्ट सिनेमामा ‘ड्रिम्स’ प्रदर्शन गर्न लागिएको हो । कलाकारहरुलाई रेड कार्पेटमा स्वागत गर्ने तयारी गरिएको आयोजक संस्थाका अशोक तिम्सिनाले बताए ।

पहिलोपटक आफ्नो फिल्म लिएर अष्ट्रेलिया आएका भुवन–अनमोल बाबुछोराले आफुहरुलाई खुशी लागेको प्रतिक्रिया दिएका छन् । उनीहरुले नेपाली फिल्मलाई माया गरिएको देखेर नेपाली चलचित्र क्षेत्रमा अझ केही गर्ने उत्साह जागेको बताएका छन् । करिब एक साता समयका लागि अष्ट्रेलिया आएका केसी बाबुछोरा अष्ट्रेलिया लगत्तै बेलायत जाने तयारीमा छन् ।

ड्रिम्स चलचित्रलाई अष्ट्रेलियामा रहेको सिल्भर स्क्रिन र थ्रीडी इभेन्टसले संयुक्त रुपमा उक्त चलचित्रलाई अष्ट्रेलिया भित्र्याएका हुन् । यो फिल्मको शुक्रबार, शनिबार र आइतबार सिड्नीमा प्रदर्शन गरिदैछ भने लगत्तै मेलबर्न, ब्रिसबन, एडिलेड, पर्थ, क्यानबेरा, डार्बिन, डब्बोलगायत सहरहरुमा पनि प्रदर्शन गर्न लागिएको छ ।

‘ड्रिम्स’ लिएर भुवन र अनमोल अष्ट्रेलियामा - Reviewed by marumala srinu on 7:33 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.