सहमतीय सरकार आवश्यकः नेपाल
वैशाख १६, २०७३- एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले संविधान कार्यान्वयनका लागि सहमतिको सरकार आवश्यक भएको बताएका छन् । संखुवासभाको वानमामा आयोजित वाना महोत्सवको बिहीबार उद्घाटन गर्दे उनले कांग्रेस सहमतिको सरकारमा आउनु पर्ने बताए ।
उनले आगामी २२ महिनाको अवधिमा संविधान कार्यान्वयन देखि धेरैकुरा गर्नु पर्ने चुनौति रहेको भन्दै त्यसका लािग दलहरुबीच सहमति अपरिहार्य रहेको उल्लेख गरे । उनले बन्द हड्ताल सधैका लागि बन्द गर्नु पर्ने उनले बताए ।
'सबै नमिलेकाले मुलुकमा विकास निर्माणले गतिलिन सकेन,' उनले भने 'आन्दोलनमा उत्रिएका मधेसी दल र कांग्रेस सरकारमा आउनुपर्छ ।'
नेता नेपालले किमाथांका खाँदबारी सडक तोकिएकै समयमा निर्माण हुने बताए । उनले अरुण तेस्रो परियोजना आफ्नो कारणले अबरुद्ध नभएको स्पष्ट पारे । किमाथांका नाका, किमाथांका अरुण र माथिल्लो अरुणको समेत अवलोकन गरेको बताउदै उनले भने 'अब अरुण तेस्रो जसरी पनि बन्छ ।'
सांसद दीपक खड्काले २५ बर्ष अघि गुमेको अरुण तेस्रो निर्माण सरकारको कारणले ढिलाई भएको भन्दा दुख लागेको बताए । संविधान निर्माण त भयो तर, कार्यान्वयन भएन, उनले भने, अबको २२ महिनामा हामीले सवै काम सकेर देखाउनु पर्छ, त्यसका लागि सबै मिल्न जरुरी छ । राजनीतिक स्थायीत्व नभएसम्म विकासले गति लिन नसकेको उनले बताए । अबको विकल्प सबै राजनीतिक दल मिल्नु रहेको उनले भने ।

No comments: